घुस मागेको आरोप झुटो हो, मेरो मानहानी भयो : उपाध्यक्ष गिरी

 पुस २३, २०७६ बुधबार १७:४८:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले बीएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईँसँग घुस मागेको आरोप कपोलकल्पित भएको भन्दै खण्डन गर्नुभएको छ ।

प्रसाईँले चरित्र हत्या गर्ने उदेश्यले भ्रामक समाचार फैलाएको भन्दै गिरीले आफ्नाे मानहानी भएकाे र त्यसकाे कानुनी उपचार खोज्ने चेतावनी दिनुभएको छ । 

बीएण्डसी मेडिकल कलेजका सञ्चालक प्रसाईँले बुधबार पत्रकार सम्मेलन गरेर कलेजको सम्बन्धनका लागि गिरीले २० करोड रुपैयाँ घुस मागेको आरोप लगाउँनु भएको थियो । बुधबार नै पत्रकार सम्मेलन गरेका गिरीले आरोपको पुष्टि गर्न चेतावनी पनि दिनुभएको छ । उहाँले भन्नुभयो, ‘आरोपप्रति खेद छ । यो झुटो र कपोकल्पित छ । यो आरोपको पुष्टि गर्न चेतावनी दिन्छु ।’

 

 उहाँले आरोपमा कुनै सत्यता नभएको भन्दै आफू १५ मंसिरमा द्वारिका होटल नै नगएको र प्रसाईँसँग भेट पनि नभएको दावी गर्नुभएको हो । 

तर, प्रसाईँले भने बीएण्डसीलाई सम्बन्धन माग्दै निवेदन लिएर मंसिर १५ गते चिकित्सा शिक्षा आयोगमा पुगेको र गिरीले त्यही दिन बेलुकी एउटा होटलमा बोलाएर घुस मागेको दावी गर्नुभएको थियाे  । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया