इराकमा तैनाथ नेपाली शान्ति सेनालाई सतर्क रहन आग्रह

 पुस २३, २०७६ बुधबार २०:३२:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाली सेनाले इराकमा शान्ति स्थापनाका लागि स‌ंयुक्त राष्ट्रसंघीय मिसनहरुमा खटिएका नेपाली सेनालाई सुरक्षा सतर्कता अवलम्बन गर्न निर्देशन दिएको छ ।

इराकमा अमेरिकाले गरेको हवाइ कारबाहीमा इरानी सैन्य कमान्डर कासिम सुलेमानीको ज्यान गएपछि अमेरिकी सैन्य बेस क्याम्पमा मिसाइल आक्रमण हुन थालेको छ।

सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले बुधबार विज्ञप्ति जारी गर्दै मिसाइल आक्रमण भइरहेकाले इराकको किर्कुक र इरविलमा रहेका नेपाली शान्ति सैनिकलाई सतर्कता अपनाउन निर्देशन दिएको हो । 

हालसम्म नेपाली सैनिकहरु भने सकुशल रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । शान्ति स्थापनाको लागि मिसन इराकको किर्कुक र इर्बिलमा तैनाथ नेपाली सेनाका गार्ड युनिटलगायत लेबनान र सिरियामा तैनाथ नेपाली सेनाका युनिटमा पनि विशेष सतर्कतासतर्कता अपाउन निर्देशन दिइएको छ ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया