नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी–२० क्रिकेट श्रृङ्खला आजदेखि
बैशाख १५, २०८१ शनिबार
काठमाण्डाै – स्पेनिस क्लब रियल मड्रिड तथा क्रोएसियाका स्टार लुका मोड्रिचले बुधबार भएको भ्यालेन्सियाविरुद्काे खेलमा गोल गर्दै आफ्नो करियरको सयाैँ गोल पूरा गरेका छन् ।
उनले बुधबार भएको खेलमा भ्यालेसियाविरुद्ध लुका जोभिकको पासमा उत्कृष्ट गोल गरेका थिए । भ्यालेन्सियाविरुद्धकाे खेलमा रियल मड्रिड तीन–एक गाेल अन्तरले विजयी भयाे ।
भ्यालेन्सियाविरुद्धकाे गोलसँगै मोड्रिचले यस सिजनमा रियलका लागि पाँच गोल गरेका छन् । मोड्रिचले आफ्नो व्यावसायिक करियरमा डिनामो जाग्रबका लागि ३३, इन्टर जाप्रसिकको लागि ४, ज्रिनजिस्की मोस्टरको लागि ८ तथा टोटनह्यामका लागि १७ गोल गरेका छन् ।
त्यस्तै मोड्रिचले क्रोएसियाका लागि १६ र वर्तमान क्लब रियल मड्रिडका लागि २२ गोल गरेका छन् ।