ईरानले भन्याे– 'अमेरिकासँगकाे तनाव कम गर्न भारतले पहल गरे हामी तयार छाैँ'

 पुस २४, २०७६ बिहिबार १३:२४:१८ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – गएकाे डिसेम्बर ३ तारिखका दिन अमेरिकी हवाई आक्रमणमा ईरानी सैन्य प्रमुख मारिएपछि ईरानले आक्रमणकाे बदला लिने बताएकाे थियाे ।

त्यही आक्रमणकाे बदलास्वरुप गएकाे बुधबार ईरानले इराकमा रहेको दुई वटा अमेरिकी सैनिक अड्डामा दर्जनभन्दा बढी मिसाइल प्रहार गरेको थियाे । त्याे आक्रमणमा ईरानले ८० भन्दा बढी अमेरिकी सैनिक मारिएकाे दाबी गरे पनि अमेरिकी राष्ट्रपति डाेनल्ड ट्रम्पले बुधबार राष्ट्रकाे नाममा सम्बाेधन गर्दै त्यसकाे खण्डन गरे ।    

पछिल्लाे दिन यस्तै समाचारले सञ्चारमाध्यममा स्थान पाइरहेका छन् ।  इराकमा अमेरिकी सैनिक अड्डामा ईरानकाे आक्रमण र त्यसपछिकाे प्रतक्रियालाई लिएर भारतकाे राजधानी दिल्लीबाट छापिने सबैजसाे अखबारले पहिलाे पानामा खबर छापेका छन् । 

'नवभारत टाइम्स' अखबारका अनुसार ईरानले भनेकाे छ, 'अमेरिकासँगकाे तनाव कम गर्नका लागि भारतकाे कुनै पनि शान्तिकाे पहललाई हामी स्वागत गर्छाैँ ।'  

भारतका लागि ईरानी राजदूत अली चेगेनीले पनि विश्वमा शान्ति बनाइ राख्न भारतले राम्राे भूमिका निभाउँदै आएकाे बताएका छन् । उनले भने, ‘हामी युद्ध गर्नका लागि होइनौँ । हामी सबै क्षेत्रमा शान्ति र पारस्परिक सहकार्यका लागि तयार छौँ । शान्ति र सहकार्यलाई बढाउने जुनसकै भारतीय सहयोगका लागि हामी तयार छौँ । ’  

अर्काे भारतीय अखबार 'पञ्जाव केसरी' ले लेखेकाे छ, भारतीय जल सेना भारतकाे समुद्री व्यापारकाे सुनिश्चितता गर्नकाे लागि खाडी क्षेत्रमा आफ्नाे युद्धपाेत तयार गरिरहेकाे छ ।' 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया