नेकपा संसदीय दलको बैठक : प्रदेश ३ को नाम र राजधानीको टुङ्गो लागेन

 पुस २४, २०७६ बिहिबार १५:५३:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सत्तारुढ दल नेकपाको प्रदेश नम्बर-३ को संसदीय दलको बैठक बिनानिष्कर्ष सकिएको छ । अहिले केही बेरपछि प्रदेशसभा बैठक बस्ने भएकाले संसदीय दलको बैठक शुक्रबार बिहान ११ बजे फेरि बस्नेगरी स्थगित गरिएको हो ।

यसअघि तीनदिनसम्म चलेको बैठकमा बोल्न बाँकी रहेका प्रदेशसभा सदस्यले बिहीबारकाे बैठकमा आफ्नाे धारणा राखेका छन् । तर, प्रदेशको नाम वाग्मती र राजधानी हेटौँडा बनाउने विषयमा नेकपा सचिवालयको निर्णयमा सहमति जुट्न नसकेपछि बैठक बिनानिष्कर्ष सकिएको हो । 

नेकपा सचिवालयको निर्णयमा प्रदेश-३ का धेरै प्रदेशसभा सांसदको असन्तुष्टि रहेकाे छ । आजको संसदीय दलको बैठकमा यो विषयमा सहमति नभएकाले अहिले बस्ने प्रदेशसभा बैठकमा पनि प्रदेशको नाम र राजधानीका विषयमा छलफल नहुने भएको छ । 

नेकपा सचिवालयको निर्णय अनुसार ह्विप लगाएर भए पनि प्रदेश ३ को नाम वाग्मती र राजधानी हेटौँडा बनाउने तयारी छ । तर, यसका लागि कम्तीमा प्रदेश संसदीय दलको बैठकबाट सहमति खोज्ने नेताहरुको योजना छ ।

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया