अब लाइसेन्सको लिखित परीक्षा कम्प्युटर प्रणालीबाट

 पुस २४, २०७६ बिहिबार १७:३:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौं - यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को लिखित परीक्षा कम्प्युटरबाट दिन मिल्ने प्रावधान ल्याउने भएकाे छ । 

विभागले हाल भइरहेको लिखित परीक्षामा अनियमितता भएको निष्कर्ष निकाल्दै लिखित परीक्षा कम्प्युटराइज्ड प्रणालीबाट गर्ने व्यवस्था गर्ने भएकाे हाे ।

कम्प्युटराइज्ड प्रणालीबाट लाइसेन्सको परीक्षामा सहभागी परीक्षार्थीले हातले लेखेर परीक्षा दिनुपर्ने छैन भने नतिजा थाहा पाउन धेरै समय कुर्नुपर्ने छैन । कम्प्युटरबाटै परीक्षा दिन मिल्ने व्यवस्था भने केही महिनापछिबाट मात्रै कार्यान्वयनमा आउने विभागले जनाएको छ । नयाँ व्यवस्था आएपछि लाइसेन्सको परीक्षा दिन चाहनेले अनलाइन फारम भर्नुपर्नेछ । 

फारम भरेपछि लिखित परीक्षाको मिति, स्थान र समय  निर्धारण हुन्छ । त्यसैका आधारमा सम्बन्धित यातायात कार्यालयमा गएर परीक्षार्थीले कम्प्युटरमार्फत लिखित परीक्षा दिनसक्ने विभागले जनाएको छ ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया