स्मार्ट टेलिकम, हेलो नेपाल र वेबसर्फरको लाइसेन्स खारेजीको निर्णय बदर

 पुस २४, २०७६ बिहिबार १८:४९:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - स्मार्ट टेलिकम, हेलो नेपाल र वेबसर्फरको लाइसेन्स खारेजीको निर्णय बदर भएको छ ।

पछिल्लो मन्त्रिपरिषद् बैठकले मोबाइल सेवा प्रदायक स्मार्ट टेलिकम र हेलो नेपालसहित इन्टरनेट सेवा प्रदायक कम्पनी वेबसर्फरको लाइसेन्स खारेजीको निर्णय बदर गरेको हो ।

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न बिहीबार सिंहदरबारमा भएको पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ५ वटा किस्ताबन्दीमा बक्यौता रकम तिर्ने सुविधा दिनेगरी खारेजीको निर्णय बदर गरिएको जानकारी दिनुभयो ।



सरकारले आगामी असार मसान्तसम्म बाँकी बक्यौताको पहिलो किस्ता तिर्न तीनै कम्पनीलाई सुविधा दिने निर्णय गरेको छ । उनीहरुले तोकिएको समयमा बक्यौता तिरेमा लाइसेन्स जोगिनेछ ।

नेपाल दूरसञ्चार प्राधिरकणले लाइसेन्सको रोयल्टीको बक्यौता रकम नतिरेपछि भदौ १३ मा दुवै माेबाइल सेवा प्रदायक कम्पनीको लाइसेन्स खारेजीको निर्णय गरेको थियो । लाइसेन्स खारेजी गर्ने प्राधिकरणको निर्णयको विरुद्धमा सेवा प्रदायकहरु सर्वोच्च अदालत गएका थिए । तर, सर्वोच्चले पनि प्राधिकरणको निर्णय सही ठहर्‍याएको थियो ।

त्यसपछि प्राधिकरणको निर्णयविरुद्ध उनीहरुले सञ्चार मन्त्रालयमा पुनरावेदन गरेका थिए । मन्त्रालयले पुनरावेदनको सुनुवाई गर्दै मन्त्रिपरिषदमा बक्यौता तिर्न किस्ताबन्दीको सुविधा दिनेगरी प्रस्ताव लगेको थियो । स्मार्ट टेलिकमले २ अर्ब ३२ करोड, हेलो नेपालले ८२ करोड र वेबसर्फरले झण्डै चार करोड बक्यौता तिर्न बाँकी छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया