अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ शुक्रबार पनि घट्यो

 पुस २५, २०७६ शुक्रबार १०:२०:१५ | उज्यालो सहकर्मी

काठमाण्डौ – शुक्रबार अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ घटेको छ । 

नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ६४ पैसा र बिक्रीदर ११४ रुपैयाँ २४ पैसा तोकेको छ । हिजो खरिददर ११४ रुपैयाँ ४१ पैसा र बिक्रीदर ११५ रुपैयाँ ०१ पैसा नै रहेको थियो । 

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २९ पैसा र बिक्रीदर ३० रुपैयाँ ४५ पैसा रहेको छ । हिजो खरिददर ३० रुपैयाँ ५० पैसा र बिक्रीदर ३० रुपैयाँ ६६ पैसा थियो ।

कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३८ पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५८ पैसा तोकेको थियो । 

यस्तै ओमानी रियाल १ को खरिददर २९५ रुपैयाँ ४७ पैसा रहेको छ । हिजो खरिददर २९८ रुपैयाँ ५६  पैसा रहेको छ । 

आज यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९४ पैसा र बिक्रीदर ३१ रुपैयाँ १० पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ १५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३१ पैसा रहेको थियो । 

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ७८ पैसा र बिक्रीदर २७ पैसा ९३ पैसा रहेको छ । हिजो खरिददर २७ रुपैयाँ ९० पैसा र बिक्रीदर २८ पैसा ०४ पैसा रहेको थियो ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ८१ पैसा र बिक्रीदर ९ रुपैयाँ ८६ पैसा तोकेको छ । हिजो खरिददर ९ रुपैयाँ ८० पैसा र बिक्रीदर ९ रुपैयाँ ८६ पैसा रहेको थियो । 

कुवेती दिनार १ को खरिददर ३७४ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ४८ पैसा तोकेको छ । हिजो खरिददर ३७७ रुपैयाँ २२ पैसा र बिक्रीदर ३७९ रुपैयाँ २० पैसा नै रहेको थियो । 

बहराइन दिनार १ को खरिददर ३०१ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३०३ रुपैयाँ ०३ पैसा तोकेको छ । हिजो खरिददर ३०३ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३०५ रुपैयाँ ०३ पैसा तोकेको थियो । 
 

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया