घरेलु टाेली अस्ट्रेलियामाथि भारतकाे २ सय १८ रनकाे अग्रता
मंसिर ८, २०८१ शनिबार
कपिलवस्तु - बढ्दो शीतलहरका कारण प्रदेश ५ का तराईका जिल्लाहरुको जनजीवन प्रभावित बनेको छ ।
पछिल्लो सातादेखि तराई क्षेत्रमा घट्दै गएको तापक्रमले आम सर्वसाधारणहरुको दैनिकी कष्टकर बन्दै गएको छ । अधिक चिसोका कारण सर्वसाधारणहरुको सरकारी कार्यालय, सार्वजनिक स्थल र बजारहरुमा उपस्थिति निकै न्यून छ ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गत कपिलवस्तु नगरपालिका-३, रामनगरमा रहेकाे तापक्रम मापन केन्द्रका अनुसार शनिबारको तापक्रम न्यूनतम ८ र अधिकतम तापक्रम १२ डिग्री सेन्टिग्रेड रहेको छ । चिसोबाट बच्न सर्वसाधारणहरु घरबाट बाहिर अति आवश्यक काम भए मात्र निस्कने गरेका छन् । विभिन्न चाेक र गल्लीहरुमा समूहगत रुपमा सर्वसाधारणहरु चिसो छल्न दिनभर आगो ताप्दै बसेका भेटिन्छन् ।
कपिलवस्तु नगरपालिका-१, २ र ३ लगायतका वडाहरुले विपन्न सर्वसाधारणलाई न्यानो कपडा, कम्मल लगायतका सामाग्रीहरु पनि वितरण गरेका छन् । यसै गरी जिल्लाका १० वटै स्थानीय तहले आआफ्ना क्षेत्रका विपन्न सर्वसाधारणलाई न्यानो कपडा र कम्मल वितरण गरेका छन् ।
चिसो बढेसँगै जिल्ला अस्पताल तथा अन्य स्वास्थ्य संस्थाहमा बिरामीहरुको संख्या पनि बढेको छ । चिसोले बच्चाहरुमा निमोनियाको संक्रमण बढेको तथा बुढाबुढीहरुलाई दम रोगले सताएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. किशोर बन्जाडेले बताउनुभयाे ।
यसैगरी पछिल्लो समय चिसो बढेसँगै अस्पतालमा पेट झरेको, पेट दुखेको, सुगर बढेको, ब्लड प्रेशर बढेको, हाड जोर्नी दुखेको समस्या भएका बिरामीहरुको संख्या बढेको बताउँदै डा. बन्जाडेले भन्नुभयाे, ‘चिसोमा अझ हृदयाघात हुने खतरा पनि रहन्छ । हामीकहाँ ३/४ जना हृदयाघात भएका बिरामीहरु पनि आएका छन् ।’
सर्वसाधारणहरुलाई चिसोबाट बच्न आगो ताप्नका लागि जिल्लाका तिलौराकोट साझेदारी वन, मायादेवी साझेदारी वन, कपिलवस्तु साझेदारी वन र सामुदायिक वनहरुले नि:शुल्क रुपमा ताप्ने दाउरा वितरण गरेका छन् ।
चिसो बढेपछि जिल्लाका सरकारी तथा निजी विद्यालयहरु माघ ३ गते सम्मका लागि बिदा गरिएको कपिलवस्तु नगरपालिका शिक्षा शाखाका प्रमुख हरि प्रसाद ज्ञवालीले जानकारी दिनुभयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।