आईसीसीकाे नयाँ  टी-२० वरीयता : पारस खड्का अलराउण्डरतर्फ विराट काेहली, हार्दिक पाण्ड्या र रशिद खानभन्दा अगाडि

 पुस २६, २०७६ शनिबार १७:८:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसी को टी-२० को नयाँ वरीयतामा नेपालका ४ खेलाडी परेका छन् । नयाँ वरीयतामा पर्नेहरुमा पूर्व कप्तान पारस खड्का, सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने रहेका छन् ।

अलराउण्डरतर्फ पारस २५ औँ स्थानमा यथावत रहेका छन् । उनी अफगानिस्तानका राशिद खान, भारतका हार्दिक पाण्डया, दक्षिण अफ्रिकाका क्रिस मोरिसभन्दा अघि रहेका छन् ।

यस्तै अलराउण्डरतर्फ करण ७४ औँ स्थानबाट ७५ औँ स्थानमा झरेका छन् । सोमपाल कामी ६८ औँ स्थानमा पुगेका छन ।

ब्याटिङतर्फ पारस ६० औँ स्थानमा यथावत रहेका छन् । बलिङको वरीयतामा सन्दीप ८४ औँ स्थानमा यथावत छन् ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया