नेपालको भूमि कब्जा गर्ने रणनीति अनुरुप एमसीसी लागू गर्न लागिएकाे नेताहरुकाे भनाइ

 पुस २६, २०७६ शनिबार १८:१:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - तिब्तमाथि कब्जा गरी चीनलाई कमजोर बनाउन नेपालमा इन्डो प्यासिफिक रणनीति अनुरुप रहेको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) परियोजनालाई लागू गर्न खोजिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरुले बताएका छन् । 

शनिबार काठमाण्डाैमा आयोपरियोजना लागू गर्न लागिएजित ‘नेपालको सन्दर्भमा एमसीसीको औचित्य’ सम्बन्धी अन्तरकृया कार्यक्रममा नेता देव गुरुङले चीनलाई कब्जा गर्ने अमेरिकाको रणनीति अनुरुप नेपालमा एमसीसी को बताउनुभयो ।

उहाँले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटि बैठकमा यो विषयले प्रवेश पाएपछि चर्चामा आएको र त्यस पछि नेपालमा रहेकाे अमेरिकी दूतावासले समेत इन्डो प्यासिफिक रणनीति अनुरुपकै परियोजना भएको बताइसकेकाले अहिले फरक अवस्था आएको बताउनुभयो ।

उहाँले फरक परिस्थिति आइसकेकाले पार्टीले विचार गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपालमा एमसीसी अन्तर्गत हुने सम्झौता असमान रहेको मात्र नभइ नेपालको भूमिमाथि कब्जा गर्ने रणनीति अनुरुप लागू गर्न लागिएको बताउनुभयो ।

कार्यक्रममा नेता लिलामणि पोखरेलले सामान्य लगानी गर्ने प्रकृया र एमसीसीको प्रकृया भिन्न रहेको बताउनुभयो । उहाँले सम्झौता सर्त नै सर्तको भारी भएको समेत बताउनुभयो । सम्झौतामा राखिएका प्रावधानहरुले नेपालको संविधानलाई नै तल पारेकोले राष्ट्रिय स्वाधिनता माथि एमसीसीले घात गर्ने उहाँले बताउनुभयो ।

उहाँले एमसीसीमा भएका कतिपय कुराहरु आखामा नदेखिने तर पछाडिबाट भइराखेको बताउनुभयो । त्यसैले संसदबाट एमसीसी समबन्धमा अनुमोदन नहुँदै कार्यान्वयनमा आइसकेकोले यसको बजेट व्यवस्थापन कसरी भइरहेको छ भन्ने प्रश्न समेत गर्नुभयो । उहाँले एमसीसी इन्डो प्यासिफिक रणनीति अन्तर्गत भएको पुष्टि अमेरिकी निकायहरुले नै गरिसकेकोले यसको कार्यान्वयनमा जान नहुने बताउनुभयो ।

पछिल्लो समय नेपालमा रहेकाे अमेरिकी राजदूतावासका प्रवक्ताले नै यस क्षेत्रमा जे हुन्छ त्यो अमेरिकाको सैन्य रणनीति (इन्डो प्यासिफिक) अन्तर्गत नै हुन्छ र एमसीसी पनि त्यसै अन्तर्गत भएको स्पस्ट पारिसकेको नेताहरुले बताउनुभयो ।

त्यस्तै अ‍ेमरिकी रक्षा सहायक मन्त्री र विदेश सहायक मन्त्रीले पनि यस विषयमा स्पस्ट पारिसकेकाले एमसीसी इन्डोप्यासिफिक रणनीति अनुरुप नै भएको प्रमाणीत भइसकेकोले नेपालले कार्यान्वयन गर्न नहुने उहाँहरुले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

1 Comments

  • Subash kandel

    Jan. 11, 2020, 7:09 p.m.

    राम्रो हो नेता यो कुरा , नेपालका नेताहरुले आज सम्म के गर्न सक्छन र ! कम्तिमा नेपाल अमेरिका जस्तो त हुन्छ /

  •  0 Reply

तपाईको प्रतिक्रिया