नेप्से परिसुचकमा उल्लेख्य सुधार : सुधार धेरै समय नटिक्ने विष्लेषण

 पुस २७, २०७६ आइतबार १७:१४:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ–नेप्से परिसुचक आईतबार ४२ दशमलव ६१ अंकले बढेको छ । कारोबार हुने हप्ताको पहिलो दिन आइतबार परिसुचक १२ सय ५५ दशमलव ७२ विन्दुमा पुगेर कारोबार बन्द भएको छ ।  सबै समूहको उप–सुचक बढेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ । 

सबैभन्दा धेरै जीवन बीमा समूहको परिसुचक ४ सय ९ दशमलव २७ र नीर्जीवन बीमा समूहको परिसुचक ३ सय ८४ दशमलव २१  अंकले बढेको छ । आइतबार कारोबार रकम पनि १ अर्ब ३३ करोड रुपैयाँभन्दा धेरै पुगेको छ । दिनभरिको कारोबारमा १ अर्ब ३३ करोड ५७ लाख रुपैयाँ बराबरको ३८ लाख ३१ हजार कित्ता शेयर किनबेच भएको छ ।

आइतबार सबैभन्दा धेरे नेपाल लाईफ ईन्स्योरेन्स कम्पनीको ५ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै ग्रामिण विकास लघुवित्त वित्तिय संस्था लिमिटेडको ४ करोड ६३ लाख रुपैयाँ र एनआईसी एसिया बैंक लिमिटेडको ४ करोड रुपैयाँभन्दा धेरैको शेयर कारोबार भएको छ ।

आइतबार सूर्य लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड, नेपाल इएन्स्योरेन्स कम्पनी लिमिटेड, प्रिमियर ईन्स्योरेन्स कम्पनी लिमिटेड, सिद्धार्थ ईन्स्योरेन्स लिमिटेड र मेरो माईक्रोफाईनान्स वित्तिय संस्थाका शेयर लगानीकर्ताले १० प्रतिशत कमाएका छन् । 

अरु २० कम्पनीका शेयर लगानीकर्ताले पनि झण्डै १० प्रतिशत कमाएका छन् । माउण्टेन हाईड्रो नेपाल लिमिटेड लगायत कम्पनीका शेयर लगानीकर्ताले भने २ प्रतिशतभन्दा कम गुमाएका छन् । कारोबार रकम र नेप्से परिसुचक दुबै बढेसँगै आइतबार सर्किट ब्रेक समेत लगाउनुपरेको थियो ।

अघिल्लो हप्ताको प्रभाव

आइतबार कारोबार र परिसुचक बढ्नुमा अघिल्लो हप्ताको कारोबारको प्रभाव भएको क्रिष्टल कञ्चनजङ्घा सेक्युरिटीका ब्रोकर हरी खड्काले उज्यालोलाई बताउनुभयो । 

अघिल्लो हप्ता निरन्तर बजार सुधार भएको र त्यसले लगानीकर्ताहरु हतोत्साहित भएर आइतबार धेरै व्यक्ति किनबेचमा अघि बढेकाले सुधार भएको उहाँको भनाई छ ।अघिल्लो हप्ता नेप्से परिसुचक बढेर १२ सय १३ अंकभन्दा माथि पुगेको थियो ।

सुधार धेरै समय नटिक्न सक्छ

यो सुधार धेरै समय टिक्ने अवस्थामा नरहेको शेयर विश्लेषक प्रकाश तिवारी बताउनुहुन्छ । 

केहीदिनदेखि अर्थमन्त्री युवराज खतिवडाले शेयर कारोबारबारे सकारात्मक अभिव्यक्ति दिन थाल्नुभएको र धितोपत्र बोर्डले पनि नयाँ अध्यक्ष पाएकोले बजारमा लगानीकर्ताको सक्रियता बढेको उहाँले जानकारी दिनुभयो । पुस मसान्त नजिकिँदै गएकोले अब बजार कसरी अगाडी बढ्छ भन्ने कुरा केही दिनपछिको कारोबारले थप पुष्टी गर्ने उहाँको भनाई छ ।
 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया