निःशुल्क सीपमुलक तालिम लिन चाहनुहुन्छ ? आवेदन दिनुहोस्

 पुस २८, २०७६ सोमबार १७:१७:१० | उज्यालो सहकर्मी

काठमाण्डौ – तपाईं सीपमुलक तालिम लिन चाहनुहुन्छ, तर पैसा छैन भने चिन्ता नगर्नुहोस् । सरकारले एक हजारभन्दा बढीलाई निःशुल्क सीपमुलक तालिम दिने भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत व्यवसायिक तथा सीप विकास तालिम प्रतिष्ठानले विभिन्न ७ विधामा १२ सय ४० जनालाई तालिम दिन लागेको हो । मोबाइल फोन मर्मत, मेशन, पलम्बर, वेटर वेट्रेस, कार्पेन्टर, हाउस किपिङ र कुकको लागि तालिम दिइने प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानकाअनुसार झापा, काठमाण्डौ, रुपन्देही र सुर्खेतमा १ सय २० जनाको लागि मोबाइल मर्मतको तालिम दिइनेछ । यस्तै उदयपुर र दाङमा मेशन अर्थात मिस्त्री (घर निर्माणको)को लागि एकसय जना, झापा र सर्लाहीमा कार्पेन्टरको लागि एकसय जना, काठमाण्डौ र चितवनमा वेटर/वेट्रेसको लागि १ सय ८० जनालाई तालिम दिइनेछ ।

उदयपुर, बारा, भक्तपुर, काठमाण्डौ र बाँकेमा दुई सय जनाको लागि प्लम्बरको तालिम दिइनेछ । सुनसरी, काठमाण्डौ, चितवन, कास्की र रुपन्देहीमा २ सय ८० जनाको लागि हाउस किपिङको तालिम सञ्चालन हुनेछ । 

यस्तै सुनसरी, काठमाण्डौ, रुपन्देही र कैलालीमा २ सय ६० जनाको लागि कुकको तालिम सञ्चालन हुने प्रतिष्ठानले जनाएको छ । मेसन र कार्पेन्टरको लागि न्यूनतम योग्यता पाँच कक्षा र अरु सबै तालिमको लागि आठ कक्षा तोकिएको छ ।

तालिम लिन चाहनेले नेपाली नागरिकता र शैक्षिक योग्यताको प्रतिलिपि सहित माघको १३ गतेभित्र निवेदन दिइसक्नुपर्ने प्रतिष्ठानले जनाएको छ । अन्तवार्ता गरेर तालिमको लागि छनोट गरिने र तोकिएको ठाउँमा माघ २० गतेदेखि तालिम दिइनेछ ।

१८ देखि ३० वर्ष उमेर समूहका व्यक्तिले तालिममा सहभागी हुन सक्नेछन् । एकल महिला, अपाङ्गता भएका तथा द्वन्द्व पीडितको हकमा ४० वर्ष ननाघेको हुनुपर्छ ।
तालिम हुने जिल्लाका तोकिएका तालिम प्रदायक संस्थाले तालिम सञ्चालन गर्नेछन् । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

2 Comments

  • Shiba hari khatiwada

    Jan. 16, 2020, 8:48 p.m.

    I am interested in waiter

  •  0 Reply
  • Prakash Bhattarai

    Jan. 15, 2020, 8:10 a.m.

    I'm interested.

  •  0 Reply

तपाईको प्रतिक्रिया