पाकिस्तानका कश्मीरलगायत विभिन्न ठाउँमा हिमपहिराेबाट ५५ जनाकाे ज्यान गयाे, ४० भन्दा बढी बेपत्ता

 पुस २९, २०७६ मंगलबार १९:४०:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

पाकिस्तानका विभिन्न क्षेत्रमा भएको भिषण वर्षा र हिमपहिरोका कारण ५५ जनाको ज्यान गएको छ भने ४० जनाभन्दा धेरै हराइरहेका छन् ।

पाकिस्तानको बलुचिस्तान र कश्मीर क्षेत्रमा वर्षा र हिमपहिरोले धेरै नोक्सानी पुर्‍याएको बीबीसीले जनाएको छ । बलुचिस्तानमा २०, निलम भ्यालीमा १९ र भारत प्रशासित जम्मू कश्मीरमा ८ जनाको ज्यान गएको छ ।

यस्तै अफगानिस्तानमा पनि हिमपहिरोमा परेर २० जनाभन्दा धेरैको ज्यान गएको बीबीसीले जनाएकाे छ ।

ज्यान गुमाउनेमा धेरै बालबालिका र महिला रहेका पाकिस्तानको विपद् व्यवस्थापन अधिकारी मोहम्मद युनुसले बताउनु भएको छ । हिमपहिरो र वर्षाका कारण १ सयभन्दा धेरै घर ध्वस्त भएका छन् ।

प्रहरीका अनुसार हिमपहिरोले बाटो अवरुद्ध पारेकाले प्रभावित क्षेत्रमा उद्दारका लागि पुग्न निकै कठिनाइ छ ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया