बुधबारदेखि फेरि वर्षा हुने, उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

 पुष २९, २०७६ मंगलबार १९:४४:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - बुधबारदेखि देशका धेरै ठाउँमा वर्षा हुने मौमस पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले मंगलबार विशेष बुलेटिन निकालेर बुधबार बेलुकी नेपाल प्रवेश गर्ने पश्चिमी न्यूनचापीय प्रणालीका कारण भोलि राति देशको पश्चिमी क्षेत्रमा सामान्य बदली रही केही ठाउँमा पानी पर्ने जानकारी दिएको हाे । साथै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस प्रणालीका कारण बिहीबार काठमाण्डौसहित मध्य र पश्चिमी क्षेत्रमा सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भेगका धेरै ठाउँमा भारी हिमपातको सम्भावना रहेको मौसमविद् सजना शाक्यले बताउनुभयो । 

यो प्रणालीको प्रभाव देशभर शुक्रबारसम्म नै रहने र शुक्रबारसमेत वर्षा र हिमपातको संभावना रहेकोले सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन् । 

अन्तिम अपडेट: असार १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया