अर्थमन्त्रीसँग व्यवसायीको गुनासो : सरकारी नीतिले अटोबजारलाई शिथिल बनायो

 माघ १, २०७६ बुधबार १९:३९:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ-नेपाल राष्ट्र बैंकले सवारी कर्जामा कडाई गरेपछि व्यापार घटेको भन्दै व्यवसायीहरुले अर्थमन्त्री डा. युवराज खतिवडालाई भेटेर व्यवसायमा परेको समस्याबारे जानकारी गराएका छन् । 

बुधबार अर्थमन्त्रालयमा पुगेर नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका पदाधिकारीहरुले अर्थमन्त्री खतिवडालाई पछिल्लो समय उत्पन्न समस्याको विषयमा जानकारी गराएका हुन् ।

अर्थमन्त्री खतिवडालाई भेटेपछि नाडाका अध्यक्ष कृ घटेको गुनासो गर्नुभयो ।उहाँले सरकारी नीतिका कारण अटोमोबाइल बजार शिथिल भएको, बैंक कर्जा, डाउन पेमेन्ट र भन्सार दरका कारण व्यवसाय

अध्यक्ष दुलाले अर्थमन्त्री खतिवडाले आफूहरुलाई बैंक कर्जाको विषयमा सुधार गर्ने तथा भन्सार दरमासमेत केही कम गर्न सकिने र दुई चार दिनमै त्यसको समाधान गर्ने आश्वासन समेत दिनुभएको बताउनुभयो ।

नेपाल राष्ट्र बैंकले हायर पर्चेज तथा घरजग्गा कर्जामा ऋण लिने व्यक्तिको कर चुक्ता भएको आम्दानीको पचास प्रतिशत भन्दा बढी नहुने गरी कर्जाको किस्ता व्यवस्थापन गर्न बैंकहरुलाई निर्देशन दिएपछि अटोमोबाइल्स क्षेत्र प्रभावित भएको छ । 

व्यवसायीहरुले सोही कारण २० प्रतिशतले व्यापार घटेको बताएका छन् ।  

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया