शुक्रबार कोरियन वनबाहेक सबै विदेशी मुद्राको भाउ बढ्यो ।

 माघ ३, २०७६ शुक्रबार ११:१९:५४ | उज्यालो सहकर्मी

काठमाण्डौ – शुक्रबार कोरियन वनबाहेक सबै विदेशी मुद्राको भाउ बढेको छ ।

शुक्रबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ १७ पैसा र बिक्रीदर ११३ रुपैयाँ ७७ पैसा तोकेको छ । हिजो खरिददर ११३ रुपैयाँ र बिक्रीदर ११३ रुपैयाँ ६० पैसा थियो । 

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १७ पैसा र बिक्रीदर ३० रुपैयाँ ३३ पैसा तोकेको छ । हिजो यसको खरिददर ३० रुपैयाँ १२ पैसा र बिक्रीदर ३० रुपैयाँ २८ पैसा रहेको थियो ।

कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ८ पैसा र बिक्रीदर ३१ रुपैयाँ २५ पैसा तोकेको छ । हिजो यसको खरिददर ३१ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३१ रुपैयाँ २० पैसा थियो ।

यस्तै, ओमानी रियाल १ को खरिददर २९६ रुपैयाँ ७४ पैसा रहेको छ । हिजो खरिददर २९४ रुपैयाँ ०६ पैसा रहेको थियो ।

आज यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ८१ पैसा र बिक्रीदर ३० रुपैयाँ ९७ पैसा तोकेको छ । बिहीबार यसको खरिददर ३० रुपैयाँ ७७ पैसा र बिक्रीदर ३० रुपैयाँ ९३ पैसा थियो । 

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ८५ पैसा र बिक्रीदर बिक्रीदर २८ रुपैयाँ तोकेको छ । हिजो यसको खरिददर २७ रुपैयाँ ७३ पैसा र बिक्रीदर २७ पैसा ८७ पैसा रहेको थियो ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७६ पैसा र बिक्रीदर ९ रुपैयाँ ८१ पैसा तोकेको छ । हिजो यसको खरिददर ९ रुपैयाँ ७६ पैसा र बिक्रीदर ९ रुपैयाँ ८२ पैसा थियो ।

कुवेती दिनार १ को खरिददर ३७३ रुपैयाँ ७ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ५ पैसा तोकेको छ । बिहीबार यसको खरिददर ३७२ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ५० पैसा रहेको थियो । 

यस्तै, बहराइन दिनार १ को खरिददर ३०० रुपैयाँ १९ पैसा र बिक्रीदर ३०१ रुपैयाँ ७८ पैसा तोकेको छ । हिजो यसको खरिददर २९९ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३०१ रुपैयाँ ३४ पैसा रहेको थियो ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया