डलरको भाउ अहिलेसम्मकै उच्च
मंसिर ७, २०८१ शुक्रबार
सुुर्खेत - कर्णाली प्रदेशलाई सडक मानवमुक्त प्रदेश घोषणा गरिएको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको अगुवाइमा बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन सडक मानवमुक्त प्रदेश घोषणा गरिएको हो ।
कर्णाली प्रदेशलाई सडक मानवमुक्त गराउन वीरेन्द्रनगर नगरपालिका, प्रदेश प्रहरी कार्यालय, मानव सेवा आश्रमलगायतका संघसंस्थाले अभियान चलाएका थिए ।
कर्णालीका विभिन्न जिल्लाबाट उद्धार गरेर ल्याइएका ५० जनालाई वीरेन्द्रनगरमा रहेको मानव सेवा आश्रममा राखिएको छ । हालसम्म ३६ जनालाई परिवारमा पुर्नस्थापना गरिएको छ ।
कर्णाली प्रदेशलाई सडक मानवमुक्त घोषणा गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सडकमा कोही पनि बेसहारा हुनुनपर्ने बताउँदै अब उनीहरुकाे जिम्मा सरकारले लिने बताउनुभयो । उहाँले नागरिकहरुलाई सरकार छ भन्ने अनुभूति दिनेगरी सरकार अघि बढेको बताउनुभयो।
उहाँले भन्नुभयो, ‘प्रदेश सरकारले १० वटै जिल्लामा सम्बन्धित बेसहाराहरुका लागि संरचना निर्माण गर्ने तयारी गरेको छ । बालबालिकाका लागि पठनपाठनसहितको छुुट्टै संरचना र बुढाबुढीलाइ पवित्र ठाउँमा छु भन्ने अनुभूति दिलाउने गरी पारिवारिक वातावरणसहितको संरचना निर्माण गर्छाैँ ।’
हाल वीरेन्द्रनगरमा रहेको मानव सेवा आश्रमका लागि सामाजिक विकास मन्त्रालय र वीरेन्द्रनगर नगरपालिकाले सहयोग गर्दै आएकाे छ । वीरेन्द्रनगर नगरपालिकाले मासिक भाडा तिर्दै आएको छ भने सामाजिक विकास मन्त्रालयले १० लाख बजेट आश्रमका लागि विनियोजन गरेको छ ।
आश्रमका लागि आवश्यक खाद्यन्न, लत्ताकपडा लगायतका सामान विभिन्न संघसंस्था तथा व्यक्तिहरुले पनि सहयोग गर्दै आएको मानव सेवा आश्रमले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।