वायुसेवा निगमका कार्यकारी अध्यक्ष खरेलले दिए पदबाट राजीनामा, कामै गर्न नसकेकाे आराेप

 माघ ५, २०७६ आइतबार १७:५४:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले राजिनामा दिनुभएको छ ।

खरेलले आइबार बिहान संस्कृती पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईसमक्ष राजिनामा दिनुभएको हो । खरेललाई २०७५ सालको भदौ २९ गते सरकारले कार्यकारी अध्यक्षमा नियुक्त गरेको थियो ।

निगमका तत्कालिन महाप्रबन्धक सुगतरत्न कंसाकार वाइडबडी विमान खरिद प्रकरणमा जोडिएर विवादित बनेपछि सरकारले कंसारका भन्दा माथिल्लो पदमा कार्यकारी अध्यक्षमा खरेललाई नियुक्त गरेको थियो । 

खरेलले नेपाल वायुसेवा निगमको उडान गन्तब्य विस्तार नगरेको, जापानको नारिता नभई यात्रुको चाप कम हुने ओसाकामा उडान गरेको, स्वार्थमा लागेको, चीनको संघाइ र बेइजिङ उडान गर्न चासो नदिएको, आन्तरिक बजार हिस्सा बढाउन असफल भएको लगायतका आरोप लागेका थिए । खरेललाई संस्कृती पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले पटक पटक स्पष्टिकरण पनि सोधेको थियो । 

२०७० सालमा पनि निगमको महाप्रबन्धक भएका खरेलले एक वर्ष नपुग्दै राजीनामा दिनुभएको थियो । त्यतिबेला सरकारले उहाँलाई काम गर्न नसकेको आरोप लगाएको थियो । तर खरेलले भने ट्रेड युनियनको दबाबका कारण राजीनामा दिएको बताउँदै आउनुभएको थियो ।

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया