शालिकराम पुडसैनी आत्महत्या प्रकरण : रवि लामिछानेसहित तीनै जनालाई सफाइ

 माघ ५, २०७६ आइतबार १९:३३:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा दुरुत्साहनको आरोप लागेका रवि लामिछानेसहित तीनै जनाले सफाइ पाएका छन् ।

जिल्ला अदालत चितवनका न्यायाधीश हेमन्त रावलको इजलासले लामिछानेसहित युवराज कँडेल र रुकु भनिने अस्मिता कार्कीलाई सफाइ दिएको हाे ।

पत्रकार पुडासैनी गएको साउन २१ गते चितवनको एक होटलमा मृत भेटिएका थिए । मृतक पुडासैनीको साथबाट प्राप्त आत्महत्याअघि खिचिएको भिडियोमा पुडासैनीले लामिछानेसहित तीन जनाका कारण आफू मर्नुपरेको बताएका थिए ।

त्यही भिडियोलाई आधार बनाएर लामिछानेसहित तीन जनाविरुद्ध चितवन जिल्ला अदालतमा आत्महत्या दुरुत्साहनमा मुद्दा दर्ता भएको थियो ।

चितवन जिल्ला अदालतले लामिछानेलाई  ५ लाख, कँडेललाई ३ लाख रुपैयाँ धरौटी तथा कार्कीलाई साधारण तारेखमा छाडेको थियो ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया