शाही सदस्यकाे पदबाट पछि हट्नुकाे अन्य कुनै विकल्प थिएन : राजकुमार ह्यारी

 माघ ६, २०७६ सोमबार ८:५९:१४ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – बेलायती राजकुमार ह्यारीले शाही सदस्यको पदबाट पछि हट्नुको अन्य कुनै विकल्प नभएको बताएका छन् ।

शाही पद त्याग्ने घोषणापछि पहिलो पटक सम्बोधन गरेका ड्युक अफ् ससेक्स ह्यारीले आफू र मेगनले सार्वजनिक सम्पत्तिबिना नै रानीको सेवा जारी राख्ने निर्णय गरेको बताए । 

‘दुर्भाग्यवश, यो सम्भव थिएन’, ह्यारीले भने । कार्यक्रममा बोल्दै उनले आफू र मेगन अन्त कतै जान नलागेको पनि स्पष्ट पारेका छन् । उनले भने, ‘बेलायत मेरो घर हो, म यो ठाउँलाई माया गर्छु र बेलायतप्रतिको मेरो माया कहिले पनि बदलिने छैन ।’ 

यो महिनाको सुरुवातमा राजकुमार ह्यारी र मेगनले शाही परिवारको वरिष्ठ सदस्यताबाट छुट्टिने निर्णय लिँदै आर्थिकरुपमा स्वतन्त्र हुन चाहेको बताएका थिए । 

दक्षिणी अफ्रिकामा एचआईभी सङ्क्रमित बालबालिकाका लागि काम गर्ने संस्था सेन्टेबेलको सहयोग कोष कार्यक्रमको सुरुवात गर्दै ह्यारीले भने, ‘गएको केही हप्तादेखि तपाईँहरुले जे सुन्नु भयो, पढ्नु भयो, म त्यसको अनुमानमात्र गर्न सक्छु । म तपाईँहरुलाई राजकुमार र ड्युकका रुपमा नभइ ह्यारीका रुपमा सत्यताबारे भन्न चाहन्छु ।’

सम्बोधनको क्रममा उनले आफू हजुरआमा एजिलावेथ र कमाण्डर इन चिफ्प्रति सधैँ सम्मान गरिरहने बताए । ‘हाम्रो विश्वास रानी, राष्ट्रमण्डल र सैनिक सङ्घको सेवा सार्वजनिक सम्पत्तिबिना नै सेवा जारी राख्नु थियो तर दुर्भाग्यवश यो सम्भव थिएन’ ह्यारीले भने । 

 
 
 
 
 
 
 
 
 
 
 
 
 

at tonight’s dinner for supporters of Sentebale in London Video © SussexRoyal

A post shared by The Duke and Duchess of Sussex (@sussexroyal) on

 

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया