प्रहरीकै गाडीमा ट्राफिक प्रहरीको ‘ह्विल लक’, प्रमुख भन्छन : नियम मिच्नेको पद र अनुहार हेरिन्न

 माघ ६, २०७६ सोमबार १६:४८:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - ट्राफिक प्रहरीले ट्राफिम नियम मिच्ने नेपाल प्रहरीकै गाडीमा ‘ह्विल लक’ गरेको छ । अनामनगरको आप्का हाउस अगाडी सडक छेउमा पार्किङ गरेको ना १ झ १४२५ नम्बरको नेपाल प्रहरीको गाडीमा ट्राफिक प्रहरीले ‘ह्विल लक’ गरिदिएको हो ।

‘ह्विल लक’ गरेको गाडीलाई चिट काटिएको महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथले जनाएको छ । ट्राफिक प्रहरीले यसअघि पनि नेपाल प्रहरीका डीआइजीको गाडीमा ‘ह्विल लक’ गरेको थियो । 

‘ट्राफिक नियम मिच्नेको पद र अनुहार हेरिन्न, नियम अनुसारको कारबाही भोग्नैपर्छ’ महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्ष भीम ढकालले उज्यालो अनलाइनसँग भन्नुभयो, ‘सोर्स फोर्स भन्ने कुरा नसोचे हुन्छ, ट्राफिक प्रहरीले आफ्नो ड्युटी निभाउछ ।’

उहाँले अहिले काठमाण्डाै उपत्यकामा अनाधिकृत पार्किङ र लेन अनुशासनमा निकै कडाइ गरिएको र ट्राफिकको आँखा छलेर नियम मिच्नेलाई सीसीटीभी फुटेजको आधारमा कारबाही भैरहेको पनि जानकारी दिनुभयो । 

तश्बिर : सूजन ढुंगानाको ट्वीटबाट
 

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Kiran

    Jan. 20, 2020, 9:29 p.m.

    छोरी कुटेर बुहारी तर्साउने त हो ।

  •  0 Reply

तपाईको प्रतिक्रिया