विग ब्यास लिग : सिड्नी सिक्सर्ससँग मेलबर्न पराजित

 माघ ६, २०७६ सोमबार १८:२९:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

विग ब्यास लिग क्रिकेटमा मेलवर्न स्टार्ससले दाेस्राे हार ब्यहाेरेकाे छ । मेलवर्न सिड्नी सिक्सर्ससँग डकवर्थ एण्ड लुइसकाे नियमका आधारमा २१ रनले पराजित भयाे ।

टस हारेर ब्याटिङ गरेको सिड्नीले ३ विकेट गुमाएर १४३ रन बनाएको हो । 

३.१ ओभर खेलपछि वर्षाले प्रभावित गरेकाे खेल १४ ओभरमा झारिएको थियो । त्यसपछि सम्हालिएर प्रदर्शन गरेको सिड्नीले उत्कृष्ट ब्याटिङ गर्‍यो ।

नेपाली लेगस्पिनर सन्दीपले मेलवर्नका लागि सुरुमै २ विकेट लिँदै सफलता दिलाए पनि त्याे लयलाई सन्दीप र उनको टिमले कायम राख्न सकेन । सिड्नीका मोएस हेरिक्विसले ३१ बलमा ७२ रनको शानदार पारि खेले । उनले ८ छक्का र २ चौका प्रहार गरे ।

यस्तै जेम्स भिन्सले नट आउट ४१ रन बनाए । सुरुका दुई ओपनरलाई भने सन्दीपले आउट गरेका थिए । तीन ओभर बलिङ गर्दा ३८ रन खर्चिएर सन्दीपले २ विकेट लिएका हुन् । उनले आफ्नो पहिलो ओभरमै २ विकेट लिन सफल भए । व्यक्तिगत पहिलो ओभर लिएर सन्दीप पाँचौं ओभरमा आएका थिए ।

पहिलो र दोस्रो बलमा एक एक रन खर्चिएका सन्दीपले तेस्रो बल डट राखे । चौथो बलमा डेनियल ह्युग्सलाई आउट गरेका थिए । उनी १४ रन बनाएर पेभेलियन फर्किए । पाँचौं बलमा १ रन खर्चिएका सन्दीपले अन्तिम बलमा पनि विकेट हात पार्न सफल भए । उनले जोस फिलिपेलाई आउट गरे । उनी १० रन बनाएर आउट भए ।

सन्दीपले आफ्नो स्पेलको पहिलो बलमा दुवै ओपनरको विकेट लिएका हुन् । सन्दीपले पहिलो ओभरमा ३ रन दिएर २ विकेट लिएका हुन् । तर दोस्रो ओभरमा ११ रन दिए भने तेस्रो ओभरमा २४ रन दिएका थिए ।

जवाफमा मेलबर्न १४ ओभरमा झारीएकाे खेलमा ५ विकेट गुमाउँदा १२५ रनमात्र बनाउन सक्याे । उसका मार्कुस स्टाेनीसले ६२ रन बनाए पनि टिमलाइ हारबाट बचाउन सकेनन् ।

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया