३० हजार टनभन्दा बढी मलेसियाबाट आएको पाम आयल भारतीय बन्दरगाहमा थन्कियो

 माघ ७, २०७६ मंगलबार ९:४:२८ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – मलेसियाबाट भारत पुगेको हजारौँ टन पाम आयल भारतीय बन्दरगाहमा थन्किएको छ । 

अन्तर्राष्ट्रिय समाचार एजेन्सीका अनुसार प्रतिबन्धअघि नै मलेसियाबाट पाम आयल लिएर आएका जहाज बन्दरगाहमा थन्किएका हुन् । 

बन्दरगाहमा थन्किएपछि पाम आयल बोकेका जहाज ठूलो समस्यामा परेका छन् । मलेसियाबाट ३० हजार टनभन्दा बढी पाम आयल आएको थियो । 

मलेसियाबाट आउने खाद्य तेल सबैभन्दा धेरै भारतले खरिद गर्ने गर्छ । तर कश्मीर र नागरिकता संशोधन कानुन (सीएए) को विषयमा मलेसियाका प्रधानमन्त्रीको बयानपछि भारतले प्रतिबन्ध लगाएको हो । जसका कारण मलेसियालाई आर्थिक घाटा भएको छ । 

मलेसिया, इन्डोनेसियापछि पाम आयलको दोस्रो सबैभन्दा ठूलो उत्पादक र निर्यातकर्ता देश हो । 

भारतले मलेसियालीबाट आउने पाम आयलमा गएको जनवरी ८ मा प्रतिबन्ध लगाएको थियो । 

भारतले भने घरेलु उत्पादनको प्रयोगमा जोड दिनुपर्छ भन्दै पाम आयलको आयातमा प्रतिबन्ध लगाएको बताएको छ । पछिल्लो पाँच वर्षमा भारत मलेसियाबाट आउने पाम आयलको सबैभन्दा ठूलो बजार पनि हो ।

प्रतिबन्धपछि बजारमा मलेसियाली पाम आयलको रकममा १० प्रतिशतले गिरावट आएको छ, जुन ११ वर्षको सबैभन्दा ठूलो साप्ताहि गिरावट हो । 

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया