मोदीलाई प्रधानमन्त्री ओलीकाे नेपाल भ्रमणकाे निम्तो, मोदीले भने– फेरि भेट होला !

 माघ ७, २०७६ मंगलबार १४:१६:११ | उज्यालो सहकर्मी
unn.prixa.net

मोरङ – प्रदेश १ मा विराटनगर महानगरपालिकाको भेडियारीमा निर्माण भएको एकीकृत चेक पोस्ट (आईसीपी) को मङ्गलबार उद्घाटन भएको छ । 

नेपाल–भारतको संयुक्त लगानीमा विराटनगरमा निर्मित आईसीपीको प्रधानमन्त्री केपी ओली र भारतीय प्रभानमन्त्री नरेन्द्र मोदीले संयुक्तरुपमा उद्घाटन गर्नु भएको हो । आज बिहान ११ बजेको समयमा भिडियो कन्फ्रेन्समार्फत दुवै प्रधानमन्त्रीले 'स्वीच अन' गरेर आईसीपीको उद्घाटन गर्नुभयो । 

प्रधानमन्त्री ओलीले काठमाण्डौ र नरेन्द्र मोदीले दिल्लीबाट भिडियोमार्फत् आईसीपीको उद्घाटन गर्नु भएको हो । आयात तथा निर्यात पारवहन सहज बनाउन विराटनगर महानगरपालिका १८ मा निर्मित आईसीपी सञ्चालनका लागि तयार भइसकेको छ । 

उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ‌ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्ता दिनुभयो । सम्बाेधनकै क्रममा प्रधानमन्त्री ओलीले दुई देशबीचकाे सम्बन्धलाई नयाँ उचाइ दिन उल्झनमा परेका मुद्दालाई निकास दिने बेला आएकाे भनाइ राख्नु भयाे ।

साथै मोदीले दुई देशबीचको सम्बन्धको आयामलाई कायम राख्नु पर्ने बताए ।  मोदीले भने, ‘मलाई तपाईँले नेपाल भ्रमणको निम्तो दिनुभएकोमा धन्यवाद दिन चाहन्छु । तपाईँको मित्रता र नेपालीको प्रेमले मलाई नेपाल आउन बाध्य पार्नेछ ।’ अन्तिममा मोदीले नेपालीमै भने– फेरि भेट होला ! 

भारतीय प्रधानमन्त्री मोदी सन् २०१४ मा प्रधानमन्त्री भइसकेपछि पहिलो पटक नेपाल भ्रमणमा आएका थिए । अहिलेसम्म उनी चार पटकसम्म नेपाल आइसकेका छन् ।  

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया