नेपाल भ्रमणमा रहेको मलेसिया ११ विरुद्ध नेपाल ११ काे दाेस्राे जित

 माघ ७, २०७६ मंगलबार १७:३५:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की - नेपाल भ्रमणमा रहेको मलेसिया ११ टिम विरुद्ध नेपाल ११ टिमले लगातार दोस्रो जित निकालेको छ ।

मंगलबार भएको खेलमा नेपाल ११ ले मलेसिया ११ लाई एक सय ७० रनले हरायो । पोखरा क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ११ ले ५० ओभरमा ७ विकेट गुमाएर २९० रन बनायो । बलियो सुरुवात गरेको नेपाल ११ ले ५४ रनमा पहिलो विकेट गुमाएको थियो ।

नेपाल ११ का लागि ज्ञानेन्द्र मल्लले ५५ रन र रोहित पौडेलले ५३ रनको अर्धशतकीय पारी खेले भने सुवास खकुरेलले ४८ र सुनिल धमलाले २४ रनकाे याेगदान गरे ।

लोकेश बमले ३२ र विनाेद भन्डारीले २१ रन थपे भने पवन सर्राफले १२, सुसान भारीले १६ तथा किशोर महतोले एक रन जोडे ।

जवाफमा मलेसिया एघार २८ ओभर चार बलमा १२० रनमा अलआउट भयो । उसका चार खेलाडीले मात्र दोहोरो अंक जोडे ।

मलेसिया ११ ले पाँच रनमा पहिलो विकेट गुमाएको थियो भने १८ रनमा दोस्रो, २५ रनमा तेस्रो विकेट झरेको थियो । नेपालका लागि ललित राजवंशी र किशोर महतोले तीन-तीन विकेट लिए । यसअघि पहिलो खेलमा पनि नेपाल ११ विजयी भएको थियो ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया