आन्तरिक ऋण उठाउनको लागि राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विका...
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै - शहीद स्मारक ए डिभिजन लिगमा थ्रीस्टार क्लबले चौथो जित हात पारेको छ ।
बिहीबार भएको खेलमा थ्रीस्टारले हिमालयन शेर्पालाई गोल अन्तरले हराउँदै लिगको तेस्रो स्थानमा उक्लियो ।
दशरथ रंगशालामा भएको खेलमा थ्रीस्टारले सुरुवातदेखि नै शेर्पामाथि दबाब बनाएको थियो । यो सिजन स्टार खेलाडीबिना नै मैदानमा खेलिरहेको थ्रीस्टारले शेर्पाविरुद्ध भने प्रभावशाली जित हात पार्यो ।
खेलको छैटौँ मिनेटमा सुशील राईको गोलमा शेर्पाले अग्रता बनायो । तर ४४ औंँ मिनेटमा शेर्पाले खेल बराबरी गर्न सफल भयो । उसका लागि स्टेफेन समिरले गोल गरे । थ्रीस्टारको डिफेन्समा देखिएको अन्योलको फाइदा उठाउँदै उनले गोल गरेका हुन् ।
तर त्यसका एक मिनेटमा फेरि थ्रीस्टारले खेलमा अग्रता लियो । ४५ औंँ मिनेटमा सञ्जोक राईले गोल गरेपछि थ्रीस्टार पहिलो हाफमा दुई एकले अगाडि रह्यो ।
दोस्रो हाफमा पनि थ्रीस्टारले आफ्नो दबाबलाई कायमै राख्न सफल भयो । ५० औंँ मिनेटमा वासीयु ओलादिरानले गोल गर्दै थ्रीस्टारको अग्रता तीन एकमा पुर्याए ।
त्यसपछि पनि थ्रीस्टारले दुई वटा मौका गुमाउँदै शेर्पा एउटा राम्रो अवसर खेर फाल्यो ।
यो जितले थ्रीस्टारले आठ खेलमा चार जित दुई बराबरी र दुई हारका साथ १४ अंक बनाउँदै तेस्रो स्थानमा उक्लिएको छ । यसका साथै उसले शीर्ष स्थानमा रहेको आर्मीसँगको दूरी तीन अंकमा झारेको छ । शीर्ष स्थानमा रहेको आर्मी र दोस्रो स्थानमा रहेको मच्छिन्द्र क्लबको समान १३–१३ अंक छ ।
लिगमा शेर्पाको यो तेस्रो हार हो । उसका आठ खेलमा सात अंकका साथ ११ औंँ स्थानमा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।