सांसद हसिना खानद्वारा शपथ ग्रहण
बैशाख ७, २०८१ शुक्रबार
धनुषा - राष्ट्रियसभाको चुनावमा प्रदेश २ मा महिलातर्फ नेपाल कम्युनिष्ट पार्टीकी तुलसा दाहाल विजयी हुनुभएको छ ।
राष्ट्रिय जनता पार्टी र नेकपाको साझा उम्मेदवार रहेकी दाहालले विपक्षी कांग्रेसकी उम्मेदवार नगिना यादवलाई ५६८ मतभारले पराजित गर्नुभएको हो ।
दाहालले ५२०८ मतभार प्राप्त गर्दा कांग्रेसकी यादवले ४६४० मतभार प्राप्त गर्नुभयो ।
अहिले मतगणना चलिरहेको र अब दलित, अल्पसंख्यक र अन्यको मतगणना हुने निर्वाचन अधिकृत राजकुमार खतिवडाले जानकारी दिनुभयो । राति ९ बजेसम्ममा सबै मतगणना सकिने पनि उहाँले बताउनुभयो ।
प्रदेश २ मा राष्ट्रियसभाका चार सदस्यका लागि भएको चुनावमा ८ जनाले उम्मेदवारी दिनुभएको छ । चुनावमा नेकपासँग राजपा र कांग्रेससँग समाजवादीले छुट्टाछुट्टै गठबन्धन गरी उम्मेदवारी दिएका थिए ।