साफ महिला च्याम्पियनशिपका लागि बङ्गलादेशको टोली नेपाल आइपुग्यो
असोज २९, २०८१ मंगलबार
काठमाण्डौ - सरकारले ‘कोरोना भाइरस’ अहिलेसम्म नेपालमा नदेखिएको भन्दै सर्तकता अपनाउन आग्रह गरेको छ । चीनबाट सुरु भएको ‘कोरोना भाइरस’ जापान, दक्षिण कोरिया, थाइल्याण्ड, हङ्कङ, ताइवान, अमेरिका, अष्ट्रेलिया लगायतका मुलुकमा फैलिएको छ ।
तर नेपालमा अहिलेसम्म यस्तो प्रकृतिको भाइरस नदेखिएको सरकारले जनाएको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ‘कोरोना भाइरस’ देखा परेमा कसरी व्यवस्थापन गर्ने भन्ने सम्बन्धमा छलफल समेत भएको थियाे ।
छलफल पछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा रहेको हेल्प डेस्कलाई थप प्रभावकारी बनाउने निर्णय भएको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेले जानकारी दिनुभयो ।
उहाँले ‘कारोना भाइरस’ भएको शङ्का लाग्नेबित्तिकै विशेष एम्बुलेन्समार्फत अस्पतालसम्म पुर्याउने व्यवस्थासमेत गर्न लागिएको बताउनुभएकाे छ। उहाँले शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकु, प्रहरी अस्पताल, पाटन हस्पिटल, टिचिङ हस्पिटल लगायतका अस्पतालहरुमा उपचार गर्न सकिनेसमेत बताउनुभयो ।
उहाँले अहिलेसम्म डराउनुपर्ने अवस्था नरहेको भए पनि एक प्रजातिबाट अर्को प्रजातिमा सजिलै सर्ने भएकाले र मानिसहरुमा पनि स्वास प्रस्वासबाट सर्ने भएकाले डरलाग्दो भएको बताउनुभयो ।
उहाँले ‘कोरोना भाइरस’ लागेमा रुघा लग्ने, ज्वरो आउने, कतिपयलाई निमोनिया हुने लगायतका लक्षणहरु देखापर्ने र मृत्यु समेत हुने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।