नेपालले सन २०२१ मा भारतमा हुने टी-२० विश्वकपको ग्लोबल छनोट सोझै खेल्न पाउने

 माघ ९, २०७६ बिहीबार १९:२०:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपालले सन् २०२१ मा भारतमा हुने टी-२० विश्वकपको ग्लोबल छनोट सोझै खेल्न पाउने भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीको टी-२० वरीयतामा १२ औँ स्थानमा रहेको हुँदा नेपालले सोझै ग्लोबल छनोट खेल्न पाउने भएको हो ।

१६ टिमको सहभागिता रहने प्रतियोगिताका लागि आइसीसी च्याम्पियनस ट्रफी खेल्ने आठ टिमले सोझै स्थान बनाउनेछन् ।

अरु टिमले भने क्षेत्रीय छनोट प्रक्रियाबाट आउनुपर्नेछ । जसका लागि पाँच महादेशमा ११ क्षेत्रीय छनोट प्रतियोगिता हुनेछन् र ती प्रतियाेगिताबाट आठ टिम अन्तिममा छनोट हुनेछन् ।

यसै वर्ष हुने टी-२० विश्वकपको पुछारमा रहेका चार टिमले क्षेत्रीय छनोट खेल्नुपर्नेछ । ग्लोबल छनोटमा स्थान बनाउन उनीहरुले जनवरी १ तारिखसम्म वरीयतामा माथिल्लो स्थानमा रहेको एसोसियट टिम नेपाल, जिम्बावे, यूएई र हङकङसँग खेल्नेछन् ।

यसको अर्थ चार टिमको स्थानका लागि १६ देशले प्रतिस्पर्धा गर्नेछन् । जसमा दुई वटा फरक ग्लोबल छनोटमा शीर्ष दुईमा रहने टिमले टी-२० विश्वकप खेल्न पाउनेछन् ।

यसपटक हुन लागेको टी-२० विश्वकपको पहिलो चरणमा पुग्ने १२ टिमले सोझै अर्कोपटकको विश्वकपमा स्थान बनाउनेछन ।

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया