नेपाल एअरलाइन्सका २५ जना पाइलटद्वारा सामूहिक राजीनामा

 माघ १०, २०७६ शुक्रबार ९:३१:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल एअरलाइन्सका २५ जना पाइलटले सामूहिक राजीनामा दिएका छन् ।

विदेशी र नेपाली पाइलटबीच सेवा सुविधामा चरम विभेद गरिएको भन्दै उनीहरुले तीन महिनाको समय दिएर व्यवस्थापनसमक्ष राजीनामा पत्र बुझाएका हुन् । 

व्यवस्थापनको काममा नेपाली स्थायी कर्मचारी बढी खटिनुपर्ने भए पनि बढी सेवा सुविधा विदेशी पाइलटलाई दिइएको उनीहरुको आरोप छ ।

उनीहरुले तीन महिनामा नेपाली पाइलटलाई तालिम दिएर सबै विदेशी पाइलट विस्थापन गर्ने वा नेपाली पाइलटले दिएको राजीनामा स्वीकृत गरेर सबैलाई करारमै काम चलाउन विकल्प दिएका छन् । 

तीन महिनाभित्र नेपाली र विदेशी पाइलटबीचको विभेद अन्त्य नगरे आफूहरु काममा नआउने भन्दै उनीहरुले राजीनामा पत्रमा लेखेका छन् । 

नेपाल एअरलाइन्समा पाइलटहरुले लामो समयदेखि असन्तुष्टि व्यक्त गर्दै आएका थिए ।

अन्तिम अपडेट: चैत १५, २०८०

1 Comments

  • Sabina Malla

    Jan. 24, 2020, 3:09 p.m.

    We are having this kind of issues regarding proper rights of pilots What about other crews and staffs... This type of negligence is not acceptable By any teams whether its pilots or any employee... This is why we youngsters become demotivated to join any government jobs or do anything in Nepal and become unemployed or go abroad .. This issue has to be the solved in any case..

  •  0 Reply

तपाईको प्रतिक्रिया