शेयर बजार तीन अङ्कले घट्याे
बैशाख १३, २०८१ बिहिबार
काठमाण्डौ - एनआईसी एसिया बैंकले एपीएफ क्लबका १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिताका विजेता खेलाडीलाई नगद हस्तान्तरण गरेको छ ।
बैंकले सशस्त्र प्रहरीको १९ औंँ स्थापना दिवसको उपलक्ष्यमा क्लबका १३ औंँ साग प्रतियोगिताका विजेताहरुलाई नगद उपहार दिएकाे हाे ।
खेलाडीहरुलाई नगद पुरस्कार स्वरुप ९ लाख ९५ हजार रुपैयाँ बराबरको रकम बैंकले प्रदान गरेको छ । एन आई सी एशिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले क्लबका अध्यक्ष सशस्त्र प्रहरी उपरीक्षक तुलसी राम दाहाललाई रकमहस्तान्तरण गर्नु भएको हो ।
कार्यक्रममा सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालको प्रमुख अतिथ्य रहेको थियो ।