राफेल नाडाल अष्ट्रेलियन ओपन टेनिसको चौथो चरणमा

 माघ ११, २०७६ शनिबार १३:४५:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

शीर्ष वरीयताका राफेल नाडल अष्ट्रेलियन ओपन टेनिसको चौथो चरणमा पुगेका छन् ।

मेलबर्न पार्कमा भएको खेलमा आफ्नै देशका पाब्लो कारेनो बुस्टालाई ३–० को सोझो सेटमा हराउँदै चौथो चरणको यात्रा सुरक्षित गरे । १९ पटकका ग्राण्डस्लाम च्याम्पियन नाडलले ६–१, ६–२ र ६–४ को सेटमा हराए ।

प्रिक्वार्टर फाइनलमा नाडालले अष्ट्रेलियन खेलाडी निक किगियोस वा रसियन खेलाडी कारेन खाचानोभसँग प्रतिष्पर्धा गर्नेछन् ।

यस्तै पाँचौँ वरीयताका डोमिनिक थिम पनि चौथो चरणमा प्रवेश गरेका छन् । उनले अमेरिकाका टाइलर फ्रिट्जलाई ३–१ को सेटमा हराए । पहिलो दुई सेट ६–२ र ६–४ ले जितेका थिमविरुद्ध तेस्रो सेटमा फ्रिट्ज ६–७ ९५–७० ले विजयी भए । 

चौथो सेटमा ६–४ को जित निकाल्दै थिमले प्रिक्वार्टर फाइनलमा स्थान बनाए । फ्रेन्च खेलाडी गेइल मोन्फिल्स र रसियाका एन्द्रे रुब्लेभ पनि चौथो चरणमा स्थान बनाउन सफल भएका छन् ।

१० औँ वरियताका मोन्फिल्सले लाट्भियाका अर्नेस्ट गुल्बिसलाई ७–६, ६–४ र ६–३ ले हराए । त्यस्तै रुब्लेभले बेल्जियमका डेविड गोफिनलाई ३–१ ले हराए । पहिलो सेट २–६ ले गुमाएका रुब्लेभले पछिल्लो तीन सेटमा ७–६, ६–४ र ७–६ को जित निकालेका थिए ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया