चीन, मेक्सिको र क्यानडाबाट आयात हुने वस्तुमा थप शुल्क लगाउने ...
मंसिर ११, २०८१ मंगलबार
बिग ब्याश लिगमा ब्रिसबेन हिटविरुद्ध विकेट हात पार्दै नेपाली युवा बलर सन्दिप लामिछानेले ९९ टि–२० विकेट पूरा गरेका छन् ।
मेलबर्नमा भएको खेलमा १२औँ ओभरमा सन्दीपले क्रिश लिनलाई आउट गर्दै टी–२० मा विकेट संख्या ९९ पुर्याएका हुन् ।
सातौँ ओभरमा आफ्नो पहिलो स्पेल फालेका सन्दीपले जम्मा तीन रन दिए । कसिलो बलिङ गरेका उनकाे पहिलो बलमा बेन कटिङले रन लिन सकेनन् । दोस्रो बलमा उनले एक रन लिए । तेस्रो बलमा क्रिश लिनले एक रन लिए भने चौथो बलमा पनि कटिङले एक रन नै लिए । पाँचौँ बल डट फालेका सन्दीपको अन्तिम बल पनि डट रह्याे।
त्यसपछि उनले नवौँ ओभरमा तीन रन दिए । पहिलो बलमा एबी डी भिलियर्सले एक रन लिए। त्यसपछिको उनको दुई बललाई क्रिश लिने राम्रोसँग खेल्न सकेनन् । चौथो बलमा भने लिनले एक रन लिए । पाँचौँ बलमा रन लिन नसकेका डि भिलियर्सले अन्तिम बलमा भने एक रन लिए ।
त्यस्तै १२औँ ओभरमा तेस्रो स्पेल लिएर आएका सन्दीपको पहिलो बलमा डी भिलियर्सले एक रन लिए भने दोस्रो बलमा क्रिश लिनले दुई रन लिए । तेस्रो बलमा रन लिन नसकेका लिन चौथो बलमा भने क्याच आउट भए । क्रिश लिनले ३१ बलमा ३४ रन बनाएका थिए ।
सन् २०१८ आईपीएलबाट सिनियर टी–२० करियर सुरु गरेका सन्दीपले अन्तर्राष्ट्रिय टी–२० भने त्यसकाे २० दिन पछि खेलेका थिए । उनको पहिलो अन्तर्राष्ट्रिय म्याच आईसीसी विश्व एघारबाट थियो । जुन खेल उनले वेष्ट इण्डिजविरुद्ध लर्डसमा खेलेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।