सुनको भाउ तोलाको ७६ हजार !

 माघ १३, २०७६ सोमबार ११:५:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सुनको भाउ साेमबार तोलामा पाँच सय रुपैयाँ बढेको छ ।

सुन साेमबार तोलाको ७६ हजार रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आइतबार तोलामा ३ सय रुपैयाँ बढेको सुनको भाउ साेमबार तोलामा थप पाँच सय रुपैयाँ बढेको हो । यस्तै चाँदी आइतबार तोलामा पाँच रुपैयाँ बढेर तोलाको नाै सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

पछिल्लाे केही महिनादेखि सुनकाे भाउ अस्थिर जस्तै छ, जसकाे प्रभाव व्यापारमा परेकाे व्यवसायीहरु बताउँछन् । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया