बिरामी बोकेको जीप दुर्घटना : एक जनाको ज्यान गयो, घाईतेहरुको हेलिकप्टरमार्फत उद्धार

 माघ १३, २०७६ सोमबार १७:२०:३५ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु - ओखलढुङ्गामा सोमबार बिहान बिरामी बोकेको जिप दुर्घटना हुँदा एक ज्यान गएको भएको छ भने चालकसहित तीन जना गम्भीर घाइते भएका छन् । 

चम्पादेवी गाउँपालिका–५ को सिद्धडाँडामा जीप दुर्घटना हुँदा ५५ वर्षीय सन्तोष विश्वकर्माको घटनास्थलमै ज्यान गएको हो । गाउँबाट बिरामी लिएर सदरमुकाम ओखलढुङ्गा बजारमा रहेकाे  मिसन अस्पताल लैजाँदै गर्दा  बा २१ च ७३६१ नम्बरको बोलेरो दुर्घटनमा परेको थियो । 

जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक श्रीप्रसाद राईका जिप चालक जीतबहादुर बस्नेत, मृतक विश्वकर्माकी छोरी कल्पना र स्थानीय अमिता बुढाथोकी गम्भीर घाइते भएका छन् । 

मृतक विश्वकर्मा आफैँ पनि बिरामी रहेका थिए । घाइतेहरुलाई उपचारका लागि काठमाण्डौ लगिएको छ । नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद रामहरी खतिवडाले हेलिकप्टरमार्फत घाइते सबैको उद्धार गरी उपचारका लागि काठमाण्डौ लैजानु भएको हो । 

अन्तिम अपडेट: चैत २७, २०८०

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया