ए डिभिजन लिग : सरस्वतीद्वारा हिमालयन शेर्पामाथि चार-ती गोल अन्तरले पराजित

 माघ १४, २०७६ मंगलबार १४:४१:४७ | उज्यालो सहकर्मी

काठमाण्डाै - शहीद स्मारक ए डिभिजन लिगमा सरस्वती युवा क्लबले पहिलो जित हात पारेको छ ।

एन्फा कम्पलेक्स सातदोबाटोमा भएको खेलमा रेलिगशेन जोनमा रहेको सरस्वतीले हिमालयन शेर्पामाथि ४–३ गोल अन्तरको जित हात पारेको हो । पाचौँ मिनेटमा सरस्वतीले कजीम बुसारीको गोलमा अग्रता लिएको थियो ।

पूर्णबहादुर श्रेष्ठको क्रसमा कजीमले गोल गरेका हुन् । १० औँ मिनेटमा शेर्पाका आशिष गुरुङले गोल फर्काए । ३५ औँ मिनेटमा कजीमको लङ रेन्जको पासमा बिनोद केसीले गोल गर्दै सरस्वतीलाइृ दुइ एक गोलको अग्रता दिलाए ।

पहिलो हाफको अन्तिम मिनेटमा खामिर कन्दाङवाले गरेको फितलो प्रहारलाई विजय श्रेष्ठले गोलमा परिणत गरेका थिए । ८३ औँ मिनेटमा कजिमले व्यक्तिगत दोस्रो गोल गर्दै सरस्वतीलाई तीन दुइ गोलले अघि बढाए । ८८ औँ मिनेटमा मनिष थापाको एकल प्रयासमा गोल भएपछि सरस्वतीले चार-दुईकाे अग्रता बनाएको थियो ।

इन्जुरी समयमा शेर्पाका रबी थापा मगरले गोल गर्दै अन्तर घटाएका थिए । जारी लिगमा यो सर्वाधिक गोल भएको खेल हो । जितसँगै रेलिगेशन जोनमा रहेको सरस्वतीले चार अंक जोडेको छ । उसले यसअघि सरस्वतीले ब्रिगेड ब्वाइजसँग गोलरहित बराबरी खेल्दै एक अंक जोडेको थियाे ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया