अमेरिकाले बाेल्याे, चीनले आपत्ति छैन भनिसक्यो, एमसीसी अनुमोदन गर्नुपर्छ : कांग्रेस सभापति देउवा

 माघ १४, २०७६ मंगलबार १५:५:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले नवनिर्वाचित सभामुख को सफल कार्यकालको शुभकामना दिँदै आफ्नो तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता जनाउनुभएको छ । 

प्रतिनिधिसभाको मंगलबारको बैठकमा नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटालाई सफलताको शुभकामना दिँदै विपक्षी दललाई सधैँ विश्वासमा लिएर अघि बढ्न आग्रह गर्नुभएको हो ।  विपक्षी दललाई विश्वासमा लिएर काम गर्न सकेमा मात्रै सिंगो संसदले सफलता प्राप्त गर्ने भन्दै उहाँले त्यस तर्फ गम्भीर हुन सभामुखको ध्यानाकर्षण गराउनुभयो ।  

उहाँले भन्नुभयो, ‘मलाई विश्वास छ, सभामुख भइसकेपछि तपाईँ कुनै पार्टीको सभामुख होइन, सम्पूर्ण सभाको सभामुख हो । खासगरी प्रतिपक्षीलाई विश्वासमा लिएर अघि बढ्नुहोला । भोलिका दिनमा तपाईँको सफलताका लागि यिनी कुराहरुमा हाम्रो पार्टीले पूरा पूरा सहयोग गर्ने वचन दिन्छु ।’

उहाँले संविधानको मर्म प्रतिकूल हुने विधेयकहरुलाई सदनबाट पास गराउन नहुनेतर्फ पनि सभामुखको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले प्रधानमन्त्रीले लोकतन्त्रका कुरा गर्नुभयो, खुसी लाग्यो, लोकतन्त्रका खिलाफका विधेयकहरु हटाउनुपर्यो ।’

उहाँले कोरोना भाइरसकाे जोखिम न्यूनीकरणमा विशेष पहल गर्न पनि सरकारको ध्यानाकर्षण गराउनुभयो । 

प्रधानमन्त्रीले आफ्नो सम्बोधनका क्रममा उल्लेख गरेको केही प्राकृतिक धक्काका बारेमा उहाँले प्रश्न गर्नुभयो । ‘प्रधानमन्त्रीले धक्काको कुरा गर्नुभएको छ । के धक्का हो यो ? कहाँबाट आउने हो धक्का । कसले धक्का दिने भएको छ ? कसले धक्का दिनसक्छ हामी पनि हेरुम् । धक्का कसले दिँदैछ? प्रधानमन्त्री बोल्नुभएको छैन ।’

उहाँले अमेरिकी सरकारको ठूलो सहयोग रहेकाले एमसीसी अनुमोदन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘अमेरिकाले भनिसक्यो । चीनले बोलिसक्यो हामीलाई आपत्ति छैन भनेर  । कसले आपत्ति गरेको छ यहाँ ?’

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया