प्रधानमन्त्रीले भन्नुभयो - प्राकृतिक धक्का, देउवाले नबुझेर सोध्नुभयो - कहाँबाट आउँदैछ धक्का !

 माघ १४, २०७६ मंगलबार १७:६:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - मंगलबार प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा लगायतका नेताहरुले समसामयिक विषयमा भाषण गरे । प्रधानमन्त्री सहित सबैको भाषण प्रष्टै बुझिने खालको थियो । तर प्रधानमन्त्रीले बोलेको धक्का सम्बन्धी प्रसँगलाई देउवाले राम्रोसँग बुझ्न सक्नुभएन । त्यसैले उहाँले यसलाई अर्कै प्रसँगमा व्याख्या गरेर प्रधानमन्त्रीसँग प्रश्न गर्नुभएको छ ।

प्रधानमन्त्रीले नेपाल भ्रमण वर्ष सुरु भएको बेला प्राकृतिक धक्काहरु देखिन थालेको छ भन्दा देउवाले धक्का मात्रै सुनेर कहाँबाट आउँदैछ धक्का भन्दै प्रश्न गर्नुभयो ।

देउवाभन्दा अगाडि बोल्ने प्रधानमन्त्रीले भन्नुभएको थियो, 'नयाँ वर्ष २०२० लाई हामीले नेपाल भ्रमण वर्षको रुपमा अगाडि सारेका छौं । सुरुमै केही धक्काका संकेतहरु प्राकृतिक हिसाबले देखा परेका छन् । यसलाई हामीले सावधानीपूर्वक समाना गर्नुपर्नेछ । सरकार त्यसको तयारीमा लागेको छ ।'

प्रधानमन्त्रीले कोरोना भाइरसको संक्रमणतर्फ लक्षित गर्दै पर्यटन वर्षमा यस्ता प्राकृतिक धक्काले असर गर्न खोजे पनि सरकार सामना गर्न तयार छ भन्नुभएको थियो ।

तर त्यसपछि प्रतिनिधि सभामा बोल्ने क्रममा देउवाले धक्का शब्दलाई लिएर प्रधानमन्त्रीसँग प्रश्न गर्नुभयो । उहाँले भन्नुभयो, 'प्रधानमन्त्रीले धक्का आउँदैछ रे भन्नुभयो । के धक्का हो यो ? कहाँबाट आउँदैछ ?   कसले धक्का दिने वाला छ, हामीले पनि थाहा पाउनु पर्‍यो । सहयोग गर्न तयार छौं ।' 

अन्तिम अपडेट: बैशाख ६, २०८१

1 Comments

  • Prasanta

    Jan. 29, 2020, 5:17 a.m.

    बिचारा प्रमुख प्रतिपक्षी नेता, के भनुम र खोइ ?? कमेन्ट गर्न पनि सरम लाग्छ, अनि माननीय चैँ के बुझेर टेबुल ठटाएका होलान ??

  •  0 Reply

तपाईको प्रतिक्रिया