तीन महिनादेखि फरार पाँच जना पक्राउ

 माघ १५, २०७६ बुधबार १५:५२:१७ | नवीन गुरुङ
unn.prixa.net

संखुवासभा - संखुवासभाको पाँचखपन नगरपालिका ३ का बुद्धिमान श्रेष्ठलाई मरणासन्न हुने गरी कुटपीट गरेर तीन महिनादेखि फरार रहेका पाँच जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा सिभुवाका सन्तोष राई, अशोक राई, सञ्जय राई, प्रमोद राई र कृष्णबहादुर राई छन् । 

उनीहरु तीन महिनादेखि फरार रहेका थिए । इलाका प्रहरी चौकी बानाबाट खटिएको प्रहरी टोलीले स्थानीय बीरबहादुर राईको घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी मिमबहादुर लामाले बताउनुभयो । 

सन्तोष राईलाई नियन्त्रणमा लिन खोज्दा उनीहरूले प्रहरी टोलीलाई आक्रमण गर्दै भाग्न खाेजेका थिए । एक राउण्ड हवाइ फायर गरेपछि मात्रै उनीहरूलाई नियमन्त्रणमा लिइएकाे डीएसपी लामाले बताउनुभयो । 

उनीहरूले गएको असोज महिना ६ गते खेतमा पानी लगाई बाटो चिप्लो बनाएको भन्दै श्रेष्‍ठमाथि सांघातिक आक्रमण गरेका थिए । मरणासन्न अवस्थामा भेटिएका ५० वर्षीय श्रेष्‍ठलाई तत्काल उपचार गर्न अस्पताल पुर्याइएकाे थियाे । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया