नेकपाको महाधिवेशन अर्को वर्षको चैतमा

 माघ १५, २०७६ बुधबार १६:३९:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टी नेकपाको महाधिवेशन अर्को वर्षको चैतमा हुने भएको छ । 

बुधबार सुरु भएको पार्टी केन्द्रिय कमिटी बैठकमा अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनमा २०७७ साल चैत २५ देखि ३० गतेसम्म एकता महाधिवेशन गर्ने प्रस्ताव गरिएको हो ।

यसका लागि फागुन १ गतेदेखि असार मसान्तसम्म देशभर विशेष एकता अभियान चलाउने नेकपाकी केन्द्रिय सदस्य रामकुमारी झाँक्रीले जानकारी दिनुभयो । साउनदेखि भदौसम्म थप छलफल, बहस, अन्तरक्रिया गरिने उहाँले बताउनुभयो । 

यस्तै भदौदेखि मंसिरसम्मा पालिका र प्रदेशको अधिवेशन गर्ने अध्यक्षद्वयले राजनीतिक प्रतिवेदनमा प्रस्ताव गर्नु भएको छ । अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनमाथि भोलिदेखि १५ वटा समूहमा छलफल हुनेछ । 

समूहमा छलफल भएपश्चात टोली नेताहरुले केन्द्रिय समिति बैठकमा सुझाव पेश गर्नु हुनेछ । राष्ट्रियसभा गृह, नेकपाको केन्द्रिय कार्यालय धुम्बाराही र कोटेश्वरको पेरिसडाँडामा हुने छलफलबाट आएका सुझाव समेटेर आउँदो १७ र १८ गते केन्द्रीय समितिमा थप छलफल भएपछि १९ गते बैठक सकिनेछ ।   

अन्तिम अपडेट: चैत २३, २०८०

तपाईको प्रतिक्रिया