यौन दुर्व्यवहार आरोपमा एसएसपी राणा निलम्बित

 माघ १७, २०७६ शुक्रबार १८:२२:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - यौन दुर्व्यवहारको आरोप लागेका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी सौरभ शमशेर राणा निलम्बित भएका छन् ।

राणाले यौन हिंसा गरेको भन्दै एक महिलाले उजुरी परेपछि उनलाई निलम्वन गरेको गृह मन्त्रालयले जनाएको छ । प्रहरी कार्यालय धरानमा कार्यरत राणाले बहाल रहेको अवस्थामा प्रमाण नष्ट गर्नसक्ने भन्दै निलम्बन गरेको गृहमन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जानकारी दिनुभयो ।

उहाँले राणाबारे अनुसन्धान र छानबिन भइरहेको बताउनुभयो । 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया