बीबीएल : सन्दीपबिना मैदानमा उत्रिएकाे मेलबर्न स्टार्स सिड्नी सिक्सर्ससँग क्वालिफायर्समा ४३ रनले पराजित

 माघ १७, २०७६ शुक्रबार १८:५०:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - अस्ट्रेलियामा जारी बिग ब्याश लिग क्रिकेटमा सन्दीप लामिछाने आबद्ध टिम मेलबर्न स्टार्स क्वालिफायर्समा सिड्नी सिक्सर्ससँग ४३ रनले पराजित भएको छ ।

सन्दीप भने नेपाल अमेरिका र ओमानबीचको त्रिकोणीय सिरिजका लागि नेपाल आइसकेका छन् ।

१४३ रनको लक्ष्य पछ्याएको मेलबर्न १८ औंँ ओभरमा सबै विकेट गुमाएर ९९ रनमा समेटिन पुग्यो । मेलबर्नका तीनजना खेलाडीले मात्रै दोहोरो अंकमा रन बनाएका थिए । उसका कप्तान ग्लेन म्याक्सवेल र निक म्याडिन्सनलले १६–१६ रन बनाउँदा क्लिन्ट हिन्चक्लिफले नट आउट २५ रन बनाए पनि हार भने टार्न सकेनन् ।

सिड्नीका लागि सिन एबोटले तीन तथा जस हेजलवुड र स्टेफनले दुई-दुई विकेट हात पारे । समूह चरणमा शीर्ष स्थानमा रहँदै क्वालिफायरमा पुगेको मेलवर्नलाई अब फाइनल प्रवेशका लागि एक मौका पाउने छ । उसले सिड्नी थन्डर र एडिलेड स्टाइकर्सबीचको विजेतासँग फाइनल प्रवेशका लागि खेल्नु पर्नेछ ।

पहिले ब्याटिङ गरेको सिड्नीले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४२ रन बनायो । उसका लागि जोस फिलिपेले ३४ रन जोडेका थिए । जोर्डन सिल्क २५ रनमा नटआउट रहंदा स्टिभ स्मिथले २४ रन बनाएर पेभेलियन फर्किए ।

मेलबर्नका लागि एडम जाम्पाले ३ विकेट लिए ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया