इयूबाट बाहिरियो बेलायत

 माघ १८, २०७६ शनिबार ६:२१:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – बेलायत, युरोपेली सङ्घ (इयू)बाट औपचारिक रुपमा बाहिरिएको छ ।

बेलायतले शनिबार बिहानदेखि इयूसँगको ४७ वर्ष लामो आवद्धता तोडेको हो । प्रधानमन्त्री बोरिस जोन्सनले भिडियो सन्देशमार्फत अब नयाँ बिहानी आउने बताउनुभएको छ । 

उहाँले अब देशलाई एक ढिक्का बनाएर अगाडि बढाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । बेलायत इयूबाट औपचारिक रुपमा बाहिरिएसँगै बेलायतले युरोपियन युनियनको झण्डा तल झारेको छ ।

 

युरोपेली सङ्घ छोड्नुपर्ने र छोड्न नहुने दुबै पक्षले प्रदर्शन गरेका बीबीसीले जनाएको छ । सङ्घको सदस्यता त्यागे पनि धेरैजसो कानून अहिलेकै कायम रहने र अब सङ्क्रमणकाल रहने भएकाले खासै ठूला परिवर्तन भने तत्कालै नदेखिने बीबीसीले जनाएको छ । 

सङ्घबाट अलग हुने कि नहुने भन्नेबारेमा बेलायतमा राजनीतिक खटपट चलिरहेको थियो। यसबारेमा गरिएको जनमत सङ्ग्रहमा बेलायती नागरिकरले सङ्घबाट अलग हुनुपर्ने पक्षमा मतदान गरेका थिए ।  

इयूबाट अलग हुने प्रतिबद्धतामा गएको डिसेम्बर महिनामा भएको आमचुनावमा हाउस अफ कमन्सका ८० सदस्यको बहुमत पाएर चुनाव जितेपछि प्रधानमन्त्री जोनसनले संसद्ममार्फत यो पछिल्लो सम्झौता गर्न सफल हुनुभएको थियो । 

योसँगै जनमतङ्ग्रहपछि भएका तीन वर्षभन्दा लामो समयको राजनीतिक खटपट सकिएको छ । जनमतङ्ग्रहमा ५२ प्रतिशत मत ईयू छोड्ने पक्षमा खसेको थियो

सुरूमा ब्रेक्जिट मार्च २९ का लागि तय गरिएको थियो । तर ईयू र पूर्वप्रधानमन्त्री टरिजा मेबीच भएको सम्झौतालाई सांसदहरूले अस्वीकार गरेपछि पटक-पटक त्यो पछाडि धकेलिएको थियो ।  

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया