ए डिभिजन लिग : सन्जोग राईको ह्याट्रिकसँगै थ्री स्टारद्वारा सरस्वती क्लब चार-शून्यले पराजित

 माघ १८, २०७६ शनिबार १४:४०:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - शहीद स्मारक ए डिभिजन लिग फुटबलमा थ्री स्टार क्लबले सरस्वती युथ क्लबलाई चार-शून्य गोलले हराएको छ ।

त्रिपुरेश्वरमा रहेकाे दशरथ रंगशालामा शनिबार भएको पहिलो खेलमा सरस्वती फराकिलो गोल अन्तरले पराजित भएको हो । थ्री स्टारको जितमा सन्जोग राईले ह्याट्रिक गरे । यस्तै एक गोल लाल राम्मव्राले गरे ।

पहिलो हाफ गोलरहित बराबरी भए पनि सरस्वतीले दोस्रो हाफमा चार गोल खायो । थ्रीस्टारका सन्जोग राई अहिले चलिरहेको लिगमा ह्याट्रिक गर्ने पहिलो खेलाडी समेत बनेका छन् ।

प्रतियोगिताको आजको दोस्रो खेलमा सशस्त्र प्रहरीको एपीएफ र मछिन्द्र क्लब खेल्दैछन् । खेल केहिबेरमा दशरथ रंगशालामा सुरु हुनेछ ।

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया