साताको शेयरबजार : साढे छ अर्बमाथि कारोबार

 माघ १८, २०७६ शनिबार १५:४६:३५ | रासस
unn.prixa.net

काठमाण्डाै - धितोपत्र बजारमा यस साता शेयर कारोबार मापक नेप्से परिसूचकले ‘बुलिस ट्रेण्ड’ पछ्यायो ।

लगातार उकालो लागेको बजार पुनः एक हजार ३०० को विन्दुमा पुग्यो । नेपाल स्टक एक्स्चेन्जका अनुसार साताभर कुल १८० कम्पनीका कुल एक करोड ६२ लाख ८९ हजारु २४९ कित्ता शेयर रु छ खर्ब ५४ अर्ब २७ लाख ८६ हजार ४६४ मा खरीदबिक्री भए । 

साताको पहिलो दिन नेप्से परिसूचक झण्डै २१ अङ्कले ओरालो लाग्यो । सो दिन नेप्से २०।७९ विन्दुले ओरालो लागेर एक हजार २७६।६८ मा समेटियो । कुल १७४ कम्पनीका २६ लाख ६० हजार ३७ कित्ता शेयर रु ९६ करोड ५० लाख १८ हजार ६६२ मूल्यमा खरीदबिक्री भए । 

यस्तै सोमबार नेप्से झण्डै २४ अङ्कले वृद्धि भयो । स्टकका अनुसार नेप्से २३।९५ विन्दुले बढेर एक हजार ३००।६२ मा पुग्यो । नेप्सेमा उच्च विन्दुको सुधार देखिँदा कारोबार रकममा भने त्यसको प्रभाव देखिएन । कुल १८० कम्पनीका २४ लाख नौ हजार २६२ कित्ता शेयर रु ९१ करोड ७३ लाख ५९ हजार ८६५ मूल्यमा खरीदबिक्री भए । 

यस्तै मङ्गलबार नेप्से सामान्य वृद्धि भयो । त्यस दिन नेप्से ५।५२ अङ्कले बढेर एक हजार ३०६।१५ मा पुग्यो । मङ्गलबार कुल १७८ कम्पनीका ३७ लाख ३९ हजार ३९७ कित्ता शेयर रु एक अर्ब ४० करोड ४ लाख ७६ हजार ८०५ मा खरीदबिक्री भयो । 

बुधबार नेप्सेमा झिनो अङ्कले गिरावट आयो । सो दिन नेप्से ०।२७ अङ्कले घटेर एक हजार ३०५।८८ मा थामियो । त्यसदिन कुल १७६ कम्पनीका २८ लाख ७८ हजार ४५२ कित्ता शेयर रु एक अर्ब २९ करोड ३७ लाख ११ हजार ३८३ मा खरीदबिक्री भए । 

साताको अन्तिम दिन नेप्से उकालो लाग्यो । लगातार उकालो लाग्ने क्रममा रहेको नेप्से परिसूचक झण्डै २० अङ्कले उकालो लाग्यो । स्टकका अनुसार नेप्से १९।५१ विन्दुले बढेर एक हजार ३२५।३८ मा पुग्यो । नेप्से उकालो लाग्दा कारोवार रकममा समेत उच्च अङ्कको वृद्धि भयो । 

कुल १७८ कम्पनीका ४६ लाख दुई हजार १०१ कित्ता शेयर रु एक अर्ब ९६ करोड ६२ लाख १९ हजार ७४९ मूल्यमा खरीद बिक्री भए । यस साता स्कटकमा सनराइज बैंकका ऋणपत्र सूचीकृत भए । स्टकका अनुसार ३० लाख कित्ता ऋणपत्र सूचीकृत भएका हुन् । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया