दाेस्राे हाफमा चार गाेल, शीर्ष स्थानकाे लिभरपुललाई २२ अङ्ककाे अग्रता

 माघ १९, २०७६ आइतबार ७:५:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिगमा शीर्ष स्थानको लिभरपुलले आफ्नो अग्रतालाई झन् फराकिलो बनाएको छ ।

शनिबार भएकाे खेलमा साउथह्याम्टनलाई चार–शून्य गाेल अन्तरले हराउँदै लिभरपुलले दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीसँगको अग्रता २२ अङ्कमा पुर्‍याएको छ ।

घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलले जित निकालेसँगै उसको उपाधि यात्रा झन् बलियो बनेको छ । पहिलो हाफ गोलरहित बराबरी भएको खेलको दोस्रो हाफमा लिभरपुलले चार गोल गर्‍याे । 

खेलको ४७औँ मिनेटमा एलेक्स च्याम्बरलिनले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । त्यसपछि ६०औँ मिनेटमा जाेर्डन हेन्डरसनको गोलमा लिभरपुलले खेलमा दुई–शून्यकाे अग्रता बनायाे । 

त्यस्तै खेलकाे ७१औँ र ९० मिनेटमा मोहम्मद सलाहले गोल गर्दा लिभरपुलले चार शून्यकाे फराकिलाे जित निकाल्याे । 

यो जितपछि लिभरपुलले २५ खेलमा ७३ अङ्क बनाएको छ । दोस्रो स्थानको म्यानचेस्टर सिटीको ५१ अङ्क छ ।  

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया