चरनक्षेत्रकाे अभावपछि बेसी झरे भेडा व्यवसायी

 माघ १९, २०७६ सोमबार ५:८:३१ | डीबी बिष्ट
unn.prixa.net

बझाङ – लेकाली भेगमा हिमपातसँगै अत्याधिक चिसो बढेपछि बझाङका भेडापालक किसानहरु बेसी झर्न थालेका छन् । चिसोसँगै भेडाको चरन क्षेत्र हिउँले पुरेपछि अधिकांश भेडापालकहरु बेसी झर्न थालेका हुन् । 

भेडापालक धनबहादुर धामीले परापूर्वकालदेखि भेडा चर्ने, हिँड्ने र बास बस्ने ठाउँमा स्थानियहरुले अवरोध गर्न थालेपछि बेसी झर्नुपरेको बताउनु भयो । 

धुली, धलौन, काँडा, मेलविसौना, रिलु, मष्टा, कैलास लगायतका झण्डै ५ सय ३० बढी परिवारले ५०/६० हजारभन्दा बढी भेडा च्याङग्रा पाल्दै आएका छन् । भेडापालक किसानहरुले बेसी झरेपनि समस्या झन बढेको गएको गुनासो गरेका छन् । 

भेडापालक नरबहादुर बोहरा भन्नुहुन्छ, ‘यात्राको क्रममा लुटिने, कुटिने र ठगिने गरेका गरेका छौँ। सामुदायिक वनमा भेडा चराएबापत शुल्क तिर्नुपर्छ भन्दै एउटा समूह आउँछ । एक समूहलाई पैसा दियो अर्काे समूह आएर धम्क्याउँछ ।’

सामुदायिक वनका पदाधिकारीले छुट्टै पैसा असुल्ने गरेको उहाँले बताउनुभयो । एउटै वनमा ७ दिन भेडा चराए बापत पटक–पटक गरी कम्तीमा २५/३० हजार रुपैयाँसम्म तिरेको उहाँले बताउनुभयो । ‘पैसा नदिए भेडा नै खोसेर जबर्जस्ती लिने गर्छन्’, उहाँले बताउनुभयो । 

तल्कोट गाउँपालिका ७ का धन बहादुर धामी अहिलेभन्दा द्वन्द्वकालमा ठिक रहेको स्मरण गर्नुहुन्छ ।  ‘द्वन्द्वकालमा न कसैले हेथ्प्यो न गाली गथ्र्याे । भेडा जहाँ चराए पनि हुन्थ्यो । व्यवसाय राम्रोसंँग चलेको थियो ।’

२५० भेडा लिएर डोटी जिल्लाबाट बझाङसम्म पुग्दा आधा बढी भेडा चोरेरै सकिने गरेको उहाँले बताउनुभयो । साईपाल गाँउपालिकाका सबै बासिन्दाको मुख्य पेशा नै भेडा व्यवसाय भएको पालिकाका अध्यक्ष राजेन्द्र बहादुर धामीले भेडा पालकहरुले दुःख पाएको बताउनुभयो । सामुदायिक बनमा  भेडा चराउन रोक लगाएपछि अझै बढी मारमा परेको उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया