चार महिनापछि ग्लेन म्याक्सवेल टिममा फर्किए, दक्षिण अफ्रिकाविरुद्धकाे सिरिज खेल्ने

 माघ २०, २०७६ सोमबार १३:३२:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – झण्डै चार महिना अस्ट्रेलियाली टिम बाहिर रहेका ग्लेन म्याक्सवेल टिममा फर्किएका छन् । 

बिग ब्याश लिगमा उनले राम्रो प्रदर्शन गरेकाले दक्षिण अफ्रिकाविरुद्धको तीन वटा टी–२० र तीन एकदिवसीय सिरिजका लागि उनी टिममा परेका हुन् । दक्षिण अफ्रिकाविरुद्धकाे सिरिज आउँदाे फेब्रुअरी २१ तारिखबाट सुरु हुनेछ ।

यो प्रतियोगिता म्याक्सवेलका लागि आसन्न टी–२० विश्वकपमा ठाउँ बनाउने अन्तिम मौका हुनेछ । उनले अहिलेसम्म ६१ वटा टी–२० खेलेका छन् । बिग ब्याश लिगमा उनले यो सिजनमा तीन सय ८९ रन बनाए ।

जसमा तीन अर्धशतक रहेका छन् । म्याक्सवेलका साथै यो सिजनको बीबीएलमा उत्कृष्ट प्रदर्शन गरिरहेका मार्कस स्टोनिस पनि टिममा पर्ने देखिएको छ । 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया