नेपालमा खेल्न पाउँदा 'प्रेसर' सँगै रमाइलाे पनि छ : ओमान क्रिकेट टिमका कप्तान

 माघ २०, २०७६ सोमबार १६:२१:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै –  आईसीसी विश्वकप क्रिकेट लिग–२ खेल्न ओमानको टिम पनि काठमाण्डाै आइपुगेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बुधबारदेखि नेपाल, ओमान र अमेरिकाले त्रिकोणात्मक सिरिज खेल्दै छन् । अमेरिकाको टिम आइतबार राति नै भारतबाट आएको थियो ।

ओमानी टिम ओमानमा बन्द प्रशिक्षण गरेर सिधैँ काठमाण्डाै उत्रिएको हो ।ओमानको टिमका कप्तान जिसान मक्सुदले नेपालमा खेल्न आउँदा आफूलाई प्रेसर र रमाइलाे दुवै रहेको बताए ।

विमानस्थलमा सङ्क्षिप्त कुरा गर्दै कप्तान मक्सुदले यसअघि सन् २०१२ मा टी–२० खेलेपछि पहिलो पटक नेपाल आएको र जित्नका लागि आएको बताए । नेपाली दर्शककाे उपस्थितिले पनि प्रभाव पार्ने भएकाले सबै कुरामा विचार गरेर खेल्ने उनले बताए ।

यस्ताे छ ओमानी टिम–

जिसान मक्सुद (कप्तान), अकिब ल्यास, जतिन्दर सिंह, खवार अली, सनुथ इब्राइम, सुरज कुमार, मुहम्मद नसिम, सन्दिप गौड, मुहम्मद नदिम, जय ओडेडा, बाडल सिंह, अहमेद फैज बट, कलिमुल्ला, बिलाल खान । टिम अफिसियलअन्तर्गत व्यवस्थापकमा मधु जेसरानी, प्रशिक्षक श्रीलङ्काका दुलिप मेन्डिस, सहायक प्रशिक्षक मजहार सलिम खान, फिजियो सेअन न्वाक छन् ।

बुधबारदेखि सुरु हुने प्रतियोगितामा ओमानले पहिलो खेल नेपालसँग खेल्नेछ । प्रतियोगितामा कुल ६ खेल हुनेछन् । जसमा हरेक टिमले दुई–दुई खेल खेल्नेछन् ।

प्रतियोगिताको अङ्क तालिकामा ओमान आठ अङ्कका साथ चौथो स्थानमा रहेको छ । लिगमा ओमानले आठ खेलमा चारमा जित र दुईमा हार ब्यहोरेको छ । नेपालले भने यो प्रतियोगितामा पहिलो खेल खेल्दै छ । 

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया